यसरी जोगिन सकिन्छ डेँगुबाट | Khabarhub Khabarhub

यसरी जोगिन सकिन्छ डेँगुबाट


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अहिले डेंगु संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ । काठमाडौं, ललितपुर लगायतका ठूला शहरमा पनि डेँगुको संक्रमण फैलिँदा यसले महामारीको रुप लिने हो कि भन्ने त्रास पनि पैदा गरेको छ ।

टोलटोलमा डेँगुको संक्रमण फैलिरहेकाले यसको भय आम मानिसमा परिरहेको छ । वि.सं. २०१९ मा जस्तो डेँगुको संक्रमण अहिले पनि दोहोरिन्छ कि भनेर आशंका गरिएको छ भने सरकारले पनि सबैलाई सचेतता अपनाउन आग्रह गरिरहेको छ ।

वर्षायामको समयमा कैयन् संक्रामक रोगहरुको भय हुन्छ। यतिबेला डेँगु, हैजा, स्क्रब टाइफस, फ्लू लगायत संक्रामक, किटजन्य तथा पानीजन्य रोगहरु बढ्न थाल्दछन् । अर्कोतर्फ कोभिड संक्रमण त छँदैछ । अहिले प्रायः सबैजसो रोगहरुको लक्षण मिल्दोजुल्दो हुनाले धेरै जना झुक्किने सम्भावना हुने चिकित्सकले बताएका छन् ।

अहिले देखिएको ओमिक्रोन भेरिएन्टमा मध्यम लक्षण देखिन्छ जुन रुघाखोकी तथा फ्लूका लक्षणसँग एकदम समान छ ।

फ्लू, रुघाखोकी, कोभिडको लक्षण उस्तै उस्तै हुने भएकाले बिरामीलाई के भएको हो भन्ने पत्ता लगाउन समस्या उत्पन्न हुने गर्छ । उता डेँगुका केही लक्षणहरू पनि यी रोगहरुसँग मिल्दछ । ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, जिउ दुख्ने, आलस्य महसुस हुने, वाकवाकीलगायतका लक्षण कोभिड र फ्लूका साझा लक्षण हुन् ।

यस्तो अवस्था देखिएमा तुरुन्तै अस्पताल गएर डाक्टरको सल्लाह लिनुपर्छ ।

डेँगु फैलाउने लामखुट्टे दिनमा बढी सक्रिय हुने भएकाले संक्रमित हुने सम्भावना पनि दिनमा नै बढी हुने गर्छ ।

सेतोकालो जेब्रा लामखुट्टेु भएकोले जो कोहीले सहजै डेंगु फैलाउने लामखुट्टेको पहिचान गर्न सक्दछन् । जम्मा गरेर राखिएको सफा पानीमा यो लामखुट्टेको जीवनचक्र सहज हुने भएकोले घरभित्र वा घर वरिपरि तथा आफ्नो कार्य थलो वरिपरि पानी संकलन हुने वातावरण सिर्जना हुन दिन नहुने चिकित्सकहरू बताउँछन् ।

यस्तै प्लास्टिक, ड्रम, बाल्टिन, गाडीका फालिएका टायर आदिमा लामो समयसम्म पानी संकलन हुने हुँदा लामखुट्टे त्यस्ता ठाउँहरुमा बढी देखिने गर्दछ । र जहाँ लामखुट्टे बढी हुन्छ । देखिन्छ त्यहाँ डेंगु फैलने सम्भावना पनि बढी हुने सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुन बताउँछन् ।

अचानक ज्वरो आउनु, आँखाको गेडी दुख्नु, शरीर र जोर्नीमा अत्यधिक दुखाइ हुने, शरीरमा स–साना बिबिरा देखिनु, चिलाउनु, वाकवाक वा वान्ता हुनु डेंगुका मुख्य र शुरुवाती लक्षणहरू हुन् । संक्रमण भएको ४ देखि १० दिनसम्ममा संक्रमितमा लक्षणहरू देखिने गर्दछ । तर संक्रमितमध्ये ७५ प्रतिशतमा भने लक्षणहरू नदेखिन पनि सक्दछ ।

डेँगुका संक्रमितमा खासगरी टाउको र शरीरका मांशपेशीमा अत्यधिक पिडा हुने, उच्च ज्वरो आउने हुन्छ भने आँखाको गेडी खस्ला जस्तो हुने र दुख्ने समेत गर्छ ।

चिकित्सकका अनुसार वाकवाक वा बान्ता हुने पनि हुन्छ र दिसा पातलो हुने या पखाला लाग्ने समस्या देखिन्छ । साथै भोक नलाग्ने समस्या पनि देखा पर्छ ।

यस्ता लक्षणहरू देखिए डेंगु संक्रमण हुन सक्दछ । सामान्यतय डेँगु संक्रमितले घरमै चिकित्सकको परामर्शमा स्वास्थलाभ पनि गर्न सक्छ तर यस्ता लक्षणहरू देखिए भने तुरुन्त अस्पताल जान डाक्टर पुनको सुझाव छ ।

(खबरहबकर्मी विना न्यौपानेले डाक्टरहरुसँग गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  २ : २९ बजे

साउदर्न एयरलाइन्सको दैनिक दुई उडान सुरु

काठमाडौं – चीनको चाइना साउदर्न एयरलाइन्सले नेपालमा उडान सङ्ख्या थपेको

छाडा पशुचौपायाले हैरानी व्यहोर्दै किसान

कैलाली – छाडा पशुचौपाया पूर्णरूपमा व्यवस्थापन हुन नसक्दा कैलालीका किसानले

आजका समाचार : बजेटप्रति ओलीको असन्तुष्टिदेखि तीनजना यार्सा संकलकको मृत्युसम्म

बजेटप्रति ओलीको असन्तुष्टि, ‘परामर्श नगरी ल्याइयो’ नेकपा एमाले का अध्यक्ष

दुई पटकको प्रयासमा पनि श्रममन्त्री सवार जहाज काठमाडौंमा बस्न सकेन, जनकपुर नै फर्काइयो

जनकपुरधाम– जनकपुरधाममा शनिबारदेखि सुरू मधेस प्रदेश श्रमधान मेलाको उद्घाटन गर्न

अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप तीन दिन बन्द

बर्दिया– बर्दियामा अत्यधिक गर्मीका कारण मधुवन नगरपालिकाका सबै विद्यालय थप