पाकिस्तान बाढी - २४ घण्टामा थप ३६ जनाको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तान बाढी – २४ घण्टामा थप ३६ जनाको मृत्यु


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा भारी वर्षापछि उत्पन्न बाढी र पहिरोसँग सम्बन्धित घटनाका कारण पछिल्लो २४ घण्टामा थप ३६ जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन (एनडिएमए) का अधिकारीले जानकारी दिएका छन् ।

यस प्रकोपमा परी एक हजार नौ सय ४१ जना घाइते भएका पनि ती अधिकारीले जानकारी दिएका छन् । पाकिस्तानको पूर्वी भागमा रहेको पञ्जाब प्रान्त यस भीषण प्रकोपबाट सबभन्दा बढी प्रभावित भएको एनडिएमएले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।

यस क्षेत्रमा बाढी र वर्षा सम्बन्धित घटनामा परी १९ जनाको मृत्यु हुनुको साथै एक हजार नौ सय १९ जनाको घाइते भएका एनडिएमए जनाएको छ ।

त्यसपछि बाढीबाट प्रभावित प्रान्तमध्ये दोस्रो स्थानमा खैबर पाख्तुन्ख्वा रहेको छ । त्यहाँ नौ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । वर्षा र बाढी प्रभावित क्षेत्रमा एक हजार पाँच सय ९१ किलोमिटर सडक र ८१ पुल र तीन वटा पसल क्षतिग्रस्त भएको छ ।

पाकिस्तानमा यस वर्षको मौसमी वर्षा शुरु भएयता एक हजार एक ६२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन हजार पाँच सय ५४ जना घाइते भएका एनडीएमएनले जनाएको छ ।

एनडीएमएनका अनुसार यस प्रकोप शुरुभएयता एक लाख १८ हजार दुई ४७ व्यक्तिको उद्धार गरिएको छ । हाल चार लाख ६२ हजार दुई सय ३६ व्यक्ति अस्थाई शिविरमा बस्दै आएका छन् । यस प्रकोपको कारण तीन करोड ३० लाख ४६ हजार तीन सय २९ व्यक्ति प्रभावित भएका जनाइएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धारकार्य गर्न एडीएमए, अन्य सरकारी सङ्गठन, गैरसरकारी सङ्गठन र स्वयमसेवकको सहभागिता रहेको जनाइएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ३ : २६ बजे

पहिलो पुस्ताका नेता बिदा नभएसम्म पार्टी एकताको अर्थ छैन : घनश्याम भुसाल

काठमाडाैं – नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने विषयमा

११ दिनदेखि बेपत्ता सुनार मृत भेटिए

हुम्ला– हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका ५३ वर्षीय पर्वसिंह सुनार मृत

नवलपरासीमा बेमौसमी वर्षाले धान, तोरी र आलुमा क्षति

नवलपरासी – पश्चिम नवलपरासीमा मङ्गलबारदेखि परेको बेमौसमी वर्षाले धान, तोरी,

‘अत्यावश्यकबाहेक मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्नू’

मुग्लिन (चितवन)– अविरल वर्षासँगै पहिरोको उच्च जोखिम बढेपछि नारायाण्ढ–मुग्लिन र

जेनजीले कुरा बुझ्न थाले म खुसी छुः प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूको बुझाइमा आकाश-जमिन परिवर्तन आएको बताएकी