कोभिड-१९ का कारण दक्षिण कोरियामा थप ७५ जनाको मृत्यु « Khabarhub

कोभिड-१९ का कारण दक्षिण कोरियामा थप ७५ जनाको मृत्यु


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा पनि अप्रत्यासित रूपमा बढेको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा ७५, मलेसियामा चार र न्युजिल्याण्डमा थप १७ जनाको मृत्यु भएको छ ।

न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएअनुसार अघिल्लो महिनाको तुलनामा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार घटेको छ ।

मङ्गलबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै सरकारी अधिकारीले देशका विभिन्न भागमा दुई हजार दुई सय ४४ नयाँ बिरामी थपिएको बुधबार जानकारी दिएका छन् ।

एक महिनाअघि न्युजिल्याण्डमा दैनिकरूपमा १० हजारभन्दा बढी नयाँ सङ्क्रमित फेला परेका थिए । बिरामीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हाल न्युजिल्याण्डमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १७ लाख २४ हजार सात सय २४ रहेको छ भने यो रोगको सङ्क्रमणबाट एक हजार आठ सय ९३ जनाले ज्यान गुमाएका छन् ।

यसैबीच, मलेसियामा मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार चार जनाले कोभिड–१९ बाट ज्यान गुमाएका छन् । हालसम्म मलेसियामा ३६ हजार दुई सय १० जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । देशमा कुल ४७ लाख ८० हजार दुई सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

दक्षिण कोरियामा भने महामारी साम्य हुने लक्षण देखिएको छैन । त्यहाँ पछिल्लो २४ घण्टामा ७५ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरणअनुसार उक्त मुलुकमा एक लाख तीन हजार नौ सय ६१ जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३२ लाख ४६ हजार तीन सय ८९ पुगेको छ ।

यता भारतमा पनि कोरोना भाइरसका बिरामी बढेको पाइएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्छामा थप सात हजार दुई सय ३१ जनामा कोभिड–१९ पुष्टि भएको जनाएको छ ।

नयाँ बिरामी थपिएसँगै देशभरका सङ्क्रमितको सङ्ख्या चार करोड ४४ लाख २८ हजार तीन सय ९३ पुगेको छ । त्यहाँ उक्त रोग लागेर थप ४५ जनाको मृत्यु भएको छ ।

महामारी प्रारम्भ भएयता भारतमा कोरोना लागेर पाँच लाख २७ हजार आठ सय ७४ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ४ : १३ बजे

भ्रष्टाचारविरुद्ध सरकारले जुनसुकै हदसम्मको कठोर कदम चाल्ने छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध सरकारले जुनसुकै हदसम्मको कठोर कदम

‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न

रातामाटा– भगवतीमाई गाउँपालिका–३ स्थित मेलतोलीकी अमृताकुमारी खड्काले मङ्सिरको दोस्रो हप्ता दोस्रो

मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु

मुस्ताङ– यहाँका घरपझोङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका किसान यतिबेला

जेन-जी आन्दोलनको विध्वंस केपी ओलीकै कारण भएको हो : अरबिन्द्र सिंह  

काठमाडौं– नेकपा (एमाले)का केन्द्रीय सदस्य अरबिन्द्र सिंहले अध्यक्ष केपी शर्मा

रुग्ण ठेक्का तोड्ने प्रयास : जड एकातिर, जोड अर्कातिर

रुग्ण आयोजना भन्नाले निर्माण क्षेत्रका ती ठेक्का वा परियोजनालाई जनाउँछ,