नमूना गाउँ बनाउन सरसफाई अभियान  « Khabarhub

नमूना गाउँ बनाउन सरसफाई अभियान 


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- चन्दननाथ नगरपालिकाका पाँच गाउँमा एक सातासम्म सरसफाई अभियान चलाइने भएको छ । नगरपालिका र केही साझेदार संस्थाले यी गाउँलाई नमूना गाउँका रूपमा विकास गर्न सरसफाई अभियान सुरू गरेकाे हाे ।

अभियानअन्तर्गत एक साताभरी ति गाउँमा जनप्रतिनिधि, सरसफाई अभियानकर्ता, साझेदार संस्थाहरू, स्वयंसेवकहरू परिचालन गरी सचेतना तथा घर भेटघाट गरिएको छ । नगरप्रमुख राजुसिंह कठायतले नगरपालिकाको सबैभन्दा पहिलो लक्ष्य सरसफाई र स्वच्छ सहर, नगर बनाउने अभियfन रहेको बताए । सहर सफा भए सबै हिसाबले स्वस्थ्य र धनी हुने बताउँदै सानो बजेट भए पनि चन्दननाथले सरसफाईमा जोड दिने प्रतिबद्धता गरे ।

चन्दननाथ नगरपालिकाले साझेदार संस्थाहरू पेस नेपाल, एसएनभी नेपाल र मित्र समाजको सहयोग तथा साझेदारीमा नमूनाको रूपमा टोलटोलमा सरसफाई शिक्षा र घर भेटघाट गरेर एक साता सरसफाई अभियान सम्पन्न गरिएको चन्दननाथ नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ५ : १२ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा