कुनै पनि क्षेत्रबाट निर्वाचनमा उठ्न तयार रहेको कांग्रेस नेता निधिको भनाइ « Khabarhub

कुनै पनि क्षेत्रबाट निर्वाचनमा उठ्न तयार रहेको कांग्रेस नेता निधिको भनाइ


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेसका २२ जिल्ला बाहेकका कुनै पनि क्षेत्रबाट निर्वाचनमा भाग लिन आफू तयार रहेको बताएका छन् । क्षेत्रीय र जिल्ला कमिटीले सर्वसम्मत निर्णय गरे आफू पहाड र हिमालको क्षेत्रबाट चुनाव लड्न तयार रहेको उनले स्पष्ट पारे ।

जनकपुरधाममा आज आयोजित क्षेत्रस्तरीय कार्यकर्ता भेला तथा अन्तक्र्रियामा पूर्वउपसभापतिसमेत रहेका नेता निधिले स्वयं समानुपातिक सांसदका रुपमा समेत संसद्मा प्रवेश गर्नसक्ने सम्भावना रहेको जानकारी गराए ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता निधिले, आफू अन्य क्षेत्रबाट चुनाव लडे पनि समानुपातिक सांसदका रुपमा सांसद भए पनि सहजरुपमा लिन धनुषा निर्वाचन क्षेत्र नं ३ का नेता कार्यकर्तालाई आग्रह समेत गरे ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ९ : ३५ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी