महाअभियोग सिफारिस समितिले जबरासँग आज थप बयान लिँदै | Khabarhub Khabarhub

महाअभियोग सिफारिस समितिले जबरासँग आज थप बयान लिँदै


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज पनि बयानका लागि बोलाएको छ।

बुधबार समितिले जबरासँग चार वटा प्रश्न सोधेको थियो। जवाफ दिनेक्रम नसकिएपछि आज बिहान ११ बजे बयानका लागि बोलाइएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए।

बुधबारको समिति बैठकमा सांसदहरूले जबरासँग न्याय सम्पादनमा भएका कमीकमजोरीबारे प्रश्न सोधेका थिए। जबरा कडा ढंगले प्रस्तुत भए। उनले आफूविरुद्ध लगाइएको महाअभियोगको औचित्य समाप्त भइसकेको तर संसद्को गरिमाको ख्याल गरेर बयानका लागि उपस्थित भएको जवाफ दिएका छन्।

जबराले आफूलाई हटाएर दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन लागेकोसमेत दाबी गरे। उनले न्यायाधीश हरिकृष्ण कार्कीले स्वार्थ मिलेका मुद्दा मात्र हेर्ने गरेको, बारका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश बनाउन दबाब दिएको, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले न्यायाधीश बन्ने इच्छा देखाएको, शम्भु थापाले न्यायाधीशलाई वकिलले घुस खुवाउँछन् भनेर बोलेको, बारका पूर्व महासचिव लीलामणि पौडेलले न्यायाधीश बनाइदिन आफूलाई चेम्बरमै आएर भनेको छताछुल्ल पारिदिएका छन्।

महाअभियोग सिफारिस समितिले लिखित र मौखिक गरेर जबरासँग ४३ वटा प्रश्नावली तयार पारेको थियो। उनीविरुद्ध गत फागुन १ गते संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ६ : २८ बजे

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो