जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु « Khabarhub

जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ – जिल्लामा जीपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका–९ घर भएका ६० वर्षका गगन ओखेडा रहेका छन् ।

जिल्लाको केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट बागथलातर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१०० च २६९० नम्बरको जीपले देउरा बजारमा पैदल हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ओखेडाको घटनास्थलमै मृत्यु भएको अस्थाई प्रहरी पोष्ट बागथलाले जानकारि दिएको छ । चालक बुङ्गल नगरपालिका –६ बस्ने दीपेन्द्र धामी फरार रहेको बताएको छ । घटनास्थलमा प्रहरी पुगेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी बताएका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ७ : ०३ बजे

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मोरङ– १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-१ कोलबोटे बस्ने

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट