जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु « Khabarhub

जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ – जिल्लामा जीपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका–९ घर भएका ६० वर्षका गगन ओखेडा रहेका छन् ।

जिल्लाको केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट बागथलातर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१०० च २६९० नम्बरको जीपले देउरा बजारमा पैदल हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ओखेडाको घटनास्थलमै मृत्यु भएको अस्थाई प्रहरी पोष्ट बागथलाले जानकारि दिएको छ । चालक बुङ्गल नगरपालिका –६ बस्ने दीपेन्द्र धामी फरार रहेको बताएको छ । घटनास्थलमा प्रहरी पुगेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी बताएका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ७ : ०३ बजे

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत

पहिरोले धापाखेलमा साढे दुईतले घर ढल्यो

ललितपुर– अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर

अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, आतंकवादी गतिविधिको आशंकामा अनुसन्धान

लन्डन– बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको फेयरफोर्ड वायुसेना अड्डा

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला 

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार ११ बजेसम्म १ हजार