वीरगन्जमा बढे डेङ्गु र स्क्रब टाइफसका बिरामी « Khabarhub

वीरगन्जमा बढे डेङ्गु र स्क्रब टाइफसका बिरामी


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – वीरगञ्जमा डेङ्गु र स्क्रब टाइफसका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । वीरगञ्जको नारायणी अस्पताल तथा निजी क्लीनिकमा दिनहुँ डेङ्गु र स्क्रब टाइफसका बिरामी उपचारका लागि आउन थालेका छन् ।

नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा उदयनारायण सिंहका अनुसार सातायता दैनिक जसो बिरामी फेला पर्न थालेका छन् । खासगरी वीरगञ्ज बाहिरबाट आएका नागरिकमा बढीजसो डेङ्गु र स्क्रब टाइफसको लक्षण देखिएको उनले बताए । बिरामीको सङ्ख्या बढ्न थालेपछि चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् ।

हाल दैनिक रुपमा १५ देखि २० जनामा डेङ्गु र स्क्रब टाइफसका बिरामी अस्पताल भर्ना हुन थालेका चिकित्सकले बताएका छन् । बिरामीमा उच्च ज्वरो, टाउको दुख्ने, शरीर र मांसपेशी दुख्ने, शरीरका विभिन्न भागमा साना र ठूला रातो डाबर आउने जस्ता लक्ष्यण देखिने गरेको डा सिहले बताए ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  १० : ४४ बजे

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत

पहिरोले धापाखेलमा साढे दुईतले घर ढल्यो

ललितपुर– अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर

अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, आतंकवादी गतिविधिको आशंकामा अनुसन्धान

लन्डन– बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको फेयरफोर्ड वायुसेना अड्डा

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला 

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार ११ बजेसम्म १ हजार