महामन्त्री शर्मा झापा-१ बाट उम्मेद्वार सिफारिस « Khabarhub

महामन्त्री शर्मा झापा-१ बाट उम्मेद्वार सिफारिस


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन्। उनी सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस भएका नेपाली कांग्रेस झापा क्षेत्र नं १ का सभापति इन्द्र बुढाथोकीले जानकारी दिए । 

आज संघीय संसद्को उम्मेद्वार सिफारिसका लागि क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठक पार्टीको क्षेत्रीय कार्यालय धुलाबारीमा बसेको थियो । ‘झापा निर्वाचन क्षेत्र नं १ का लागि महामन्त्री शर्मा मात्र आकाङ्क्षी थिए , सबैले उनलाई समर्थन जनाए’, उनले भने ।

मेचीनगर नगरपालिका–९ धुलाबारी निवासी शर्मा यसअघिका दुई निर्वाचनमा पनि सोही क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेद्वार भएका थिए । यसैगरी नेपाली कांग्रेसले झापा–१ को ‘प्रदेश (क) का लागि बालाजित राई, तारावीर कटुवाल र गोपाल तामाङलाई प्रदेशसभा सदस्यमा उम्मेदवार सिफारिस गरेको छ ।

 ‘प्रदेश (ख) का लागि लोकराज ढकाल, प्रेम सम्बाहाम्फे, लालबहादुर थेबे, देवेन्द्र गौतम र खड्ग पन्दाकको नाम प्रदेशसभा सदस्यका लागि  उम्मेदवार सिफारिस गरेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  २ : २८ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक

फिफा नियममाथि ट्रम्पको ‘पावर’: अमेरिकी खेलाडीले पाएको रातो कार्ड फुकुवा

काठमाडौँ – फिफा विश्वकपको एउटा स्थापित र अकाट्य नियम छ-

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा