काठमाडौँ महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड | Khabarhub Khabarhub

काठमाडौँ महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । बिहीबार दिउँसो गएको महानगर प्रहरीको टोलीले वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको हो ।

सडक र भवनमा राखिएका डिजिटल होर्डिङ बोर्डका कारण सवारी दुर्घटना बढेको भन्दै महानगरले डिजिटल होर्डिङ बोर्ड हटाउने अभियान सुरु गरेको हो । बिहीबार काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले यस्तो निर्णय लिएका थिए ।

ट्राफिक प्रहरीले सुरुदेखि नै डिजिटल होर्डिङ बोर्ड नराख्न आग्रह गर्दै आए पनि कुनै सुनुवाइ हुन सकेको थिएन । अनुमतिबिना चुरोट, रक्सी र अन्य मादक पदार्थको प्रचार गर्ने सबै डिजिटल बोर्ड अब हट्ने छन्।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ३ : ३१ बजे

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो

कांग्रेसले पनि गराउन थाल्यो विघटित संसद्का सदस्यलाई हस्ताक्षर

काठमाडौँ- नेपाली कांग्रेसले विघटित प्रतिनिधि सभाका सदस्यहरूको हस्ताक्षर संकलन सुरु

प्रहरीलाई कुटपिट गर्नेमाथि पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिँदै

काठमाडौं – आगजनी, लुटपाट तथा प्रहरीमाथि कुटपिट गर्नेमाथि अनुसन्धान गर्न

सहिदलखन गाउँपालिकामा सोमबार सार्वजनिक बिदा

गोरखा- जिल्लाको सहिदलखन गाउँपालिकाले सोमबार गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय