ललितपुर महानगरका २० सहकारीमा समस्या « Khabarhub

ललितपुर महानगरका २० सहकारीमा समस्या

अधिकांशले फर्काएनन् बचतकर्ताको रकम


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुर महानगरपालिकाको कार्यक्षेत्र भित्रका २० वटा सहकारीमा समस्या देखिएको छ । ती मध्ये अधिकांश सहकारीका सञ्चालकले बचतकर्ताको रकम नै फिर्ता दिएका छैनन् ।

ललितपुर महानगर, सहकारी विभागले खबरहबलाई उपलब्ध गराएको सूचनाअनुसार महानगरभित्रका २० वटा सहकारीमा बचत फिर्ता र बिना धितो ऋण प्रवाहलगायत विषयलाई लिएर ५०० भन्दा बढी बचतकर्ताको निवेदन परेको हो ।

प्राप्त सूचनाअनुसार; समस्या देखिएका ललितपुर महानगरका अधिकांश सहकारीमा बचत फिर्ताको समस्या देखिएको छ । त्यस्तै, केही सहकारीहरूमा बिना धितोको ऋण लगानी र पदाधिकारीले नै आफूखुसी पैसा चलाएको विषयमा समस्या देखिएको छ ।

महानगरभित्र कार्यक्षेत्र भएका सहकारीमा समस्या देखिएपछि महानगरको सहकारी विभागमा निवेदन आउने र समस्याको प्रारम्भिक समाधान निम्ति महानगरले काम गर्ने गरेको छ । पछिल्लो समयसम्म अद्यावधिक भएको तथ्याङ्क अनुसार युवा बचत तथा ऋण सहकारी संस्थामा सबैभन्दा धेरै बचत फिर्ताको समस्या देखिएको छ ।

सो सहकारीका २८४ जना बचतकर्ताले ५५ करोड रुपैयाँ बचत फिर्ताको माग गर्दै महानगरमा निवेदन दर्ता गराएका छन् । बचतकर्ताको निवेदनअनुसार दुई पक्षबीच छलफलमार्फत सहमति गराएको, तर सो अनुसार सञ्चालक र लेखा समितिका पदाधिकारीले कार्यान्वयन नगरेपछि सो सहकारीका सबै सञ्चालक र लेखा समितिका पदाधिकारीको सम्पत्ति र बैंक खाता रोक्काका लागि सम्बन्धित निकायमा पठाएको महानगर सहकारी विभागले जनाएको छ ।

त्यस्तै, युनिक बचत तथा ऋण सहकारीका उपाध्यक्षले आफ्नै सहकारीबाट बिनाधितो १२ करोड रूपैयाँ लिएको निवेदन महानगरमा परेको छ । उक्त सहकारीका बचतकर्ताले पनि आफ्नो १६ करोड रुपैयाँभन्दा बढी बचत फिर्ता पाउन नसकेको निवेदन ५० जनाले दिएका छन् ।

महानगरले सहकारीका उपाध्यक्षको सम्पत्ति र बैंक खाता रोक्का गर्न सम्बन्धित निकायमाप फाइल पठाएको खबरहबलाई जनाएको छ । साथै, सो सहकारीबाट ऋण लिएका अन्य ऋणीहरूमार्फत् ऋण असुल गर्ने र बचतकर्तालाई बचत फिर्ता गर्ने काममा केही सफलता हासिल गरेको हुँदा समस्या समाधानोन्मुख भएको महानगरका अधिकारीहरूको दाबी छ ।

त्यस्तै, सुभेक्ता बचत तथा ऋण सहकारीका व्यवस्थापकले चार करोड रुपैयाँभन्दा बढी अपचलन गरेको, सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका चार सदस्यको झण्डै सवा करोड रुपैयाँ बचत अद्यावधिक नगरेको र ऋद्धिसिद्धी बचत तथा ऋण सहकारीले बिनाधितो तीन करोड रुपैयाँभन्दा बढी ऋण दिएको समस्या निवेदन महानगरमा परेको छ ।

सुभेक्ताका व्यवस्थापकलाई कागज गराइएको, सिद्दार्थ सहकारीको विषयमा अनुसन्धान गर्न समिति गठन गरिएको र रिद्धिसिद्धि सहकारीको विषयमा कारबाही प्रक्रिया अगाडि बढाइएको महानगरले जानकारी दिएको छ ।

हिमालयन बहुउद्देश्यीय सहकारीले झण्डै सवा दुई करोड रुपैयाँ बचत फिर्ता नगरेको भन्दै महानगरमा ३६ जनाले निवेदन दिएका छन् । सो सहकारीका सञ्चालकलाई ४५ दिनभित्र बचत फिर्ता गर्नेगरी कात्तिक २७ गते प्रतिबद्धता गराइएको र कारबाही प्रक्रिया अगाडि बढाइएको महानगरले जनाएको छ ।

समस्यासहित निवेदन आएकामध्ये शिखर बहुउद्देश्यीय सहकारी, अमृतवृक्ष बचत तथा ऋण सहकारी, ब्लुचिफ बहुृउद्देश्यीय सहकारी प्रतिष्ठा बचत तथा ऋण सहकारी र कमलनयन बहुउद्देश्यीय सहकारीका समस्या समाधानोन्मुख भएको महानगर सहकारी विभागले खबरहबलाई जानकारी दिएको हो ।

ललितपुर महानगरभित्र समस्या देखिएका सहकारीको अवस्था :

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ३ : १५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना