चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का « Khabarhub

चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का


१६ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र निर्माता सङ्घको अध्यक्षमा निर्माता तथा नायक नवल खड्का निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा सुनिलकुमार थापा, उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल, सचिवमा किसान पोखरेल र कोषध्यक्षमा ज्योतिराज राई निर्विरोध निर्वाचित भए ।

सङ्घमा बुधबार उम्मेदवारी मनोनयन दर्ता भएकोमा कसैको उम्मेदवारी नपरेपछि कार्यसमिति निर्विरोध चयन भएको हो । सङ्घको पहिलो काम निर्माता एक ठाउँमा भेला गराएर नेपाली चलचित्रको क्षेत्रको समस्याबारे छलफल, अन्तक्र्रिया गरिने खड्काले राससलाई बताए। नेपालभित्रै नेपाली चलचित्र रक्षात्मक पङ्क्तिमा परेको छ, नेपाली चलचित्रलाई ‘प्राइम टाइम’ मा देखाउने र हलले सो समय उपलब्ध गराउने उहाँको मुख्य प्राथमिकता रहेको छ ।

दर्शकहरुले चाहेजस्तो चलचित्र पस्किन नसकेका कारण र सिनेमा हलले भनेजस्तो विज्ञापन र प्रचारप्रसार गर्न नसकेकाले नेपाली चलचित्रमा दर्शकको सङ्ख्या कम भएको उनको भनाइ थियो । सङ्घको मुख्य काम निर्माताका हकहित र अधिकार सुनिश्चित, लगानी डुब्न नदिनु, नेपाली चलचित्रको बजार दुरदराज ठाउँमा पु¥याउनु भएको उनले बताए । निर्माता र प्रदर्शकबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने र एकले अर्कालाई सम्मान गर्नुपर्ने उनले बताए । सङ्घको सदस्यमा माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, रामबाबु गुरुङ, किरण नेपाली, खगेन्द्रप्रसाद लामिछाने र शेखर लामा चयन भएका छन् ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ८ : ४७ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम