सडक र सुरुङमार्गबाटै कर्णाली समृद्ध बन्छ : अर्थमन्त्री शर्मा « Khabarhub

सडक र सुरुङमार्गबाटै कर्णाली समृद्ध बन्छ : अर्थमन्त्री शर्मा


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जर्नादन शर्माले सुर्खेतबाट पहाडी जिल्ला जोड्ने सडकको स्तरोन्नति र सुर्खेत–भुरीगाउँ (बर्दिया) जोड्ने सुरुङमार्ग निर्माण गर्नसके कर्णाली प्रदेश समृद्ध बन्ने बताएका छन् ।

सुर्खेत उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित स्वागत कार्यक्रममा ज्ञापनपत्र बुझ्दै उनले विकासका लागि यातायात पूर्वाधार पहिलो शर्त भएको बताए । अर्थमन्त्री शर्माले सङ्घीय सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत सडक र सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिएको प्रष्ट पारे ।

विगतमा सडकको विकासले गति लिन नसक्दा कर्णालीका जिल्ला विकासमा पछाडि परेको उनको भनाइ थियो । सङ्घले अर्थमन्त्री शर्मासमक्ष २१ बुँदे तत्कालीन, अल्पकालीन र दीर्घकालीनरुपमा पूरा गर्नुपर्ने मागपत्र पेश गरेको थियो ।

मागपत्रमा सुर्खेत विमास्थल विस्तार, प्रादेशिक औद्योगिक क्षेत्र निर्माण, कर्णाली करिडोर, भेरी करिडोर, कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन आयोजना निर्माणमा तीव्रता दिनुपर्ने, कोभिड–१९ ले थला परेको व्यवसायको पुनरुत्थानका लागि पुनःकर्जा नीति खुकुलो बनाइनुपर्ने लगायत विषय समावेश गरिएको छ ।

सङ्घले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह माग गरिएको सङ्कूचनको निर्णय पनि पुनर्विचार गर्न माग गरेको छ । सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले सुर्खेत विमानस्थल विस्तार नहुँदा कर्णालीको पर्यटन व्यवसायले गति लिन नसकेको र काठमाडौँ जान महँगो भाडा तिनुपर्ने बाध्यता रहेको बताए ।

सुर्खेतको लेकबेँसी नगरपालिकाको साटाखानीमा प्रस्तावित औद्योगिक क्षेत्र स्थापनासम्बन्धी कार्य अध्ययनमै सीमित गरिएको भन्दै अध्यक्ष कँडेलले तत्काल बाँकी काम अघि बढाउन पहल गरिदिन आग्रह गरे ।

अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकार गम्भीर रहेको भन्दै कतिपय समस्याको प्याकेजमै सम्बोधनका लागि सरकारले गृहकार्य गरिरहेको बताए ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ९ : २९ बजे

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना