सडक र सुरुङमार्गबाटै कर्णाली समृद्ध बन्छ : अर्थमन्त्री शर्मा | Khabarhub Khabarhub

सडक र सुरुङमार्गबाटै कर्णाली समृद्ध बन्छ : अर्थमन्त्री शर्मा


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जर्नादन शर्माले सुर्खेतबाट पहाडी जिल्ला जोड्ने सडकको स्तरोन्नति र सुर्खेत–भुरीगाउँ (बर्दिया) जोड्ने सुरुङमार्ग निर्माण गर्नसके कर्णाली प्रदेश समृद्ध बन्ने बताएका छन् ।

सुर्खेत उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित स्वागत कार्यक्रममा ज्ञापनपत्र बुझ्दै उनले विकासका लागि यातायात पूर्वाधार पहिलो शर्त भएको बताए । अर्थमन्त्री शर्माले सङ्घीय सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत सडक र सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिएको प्रष्ट पारे ।

विगतमा सडकको विकासले गति लिन नसक्दा कर्णालीका जिल्ला विकासमा पछाडि परेको उनको भनाइ थियो । सङ्घले अर्थमन्त्री शर्मासमक्ष २१ बुँदे तत्कालीन, अल्पकालीन र दीर्घकालीनरुपमा पूरा गर्नुपर्ने मागपत्र पेश गरेको थियो ।

मागपत्रमा सुर्खेत विमास्थल विस्तार, प्रादेशिक औद्योगिक क्षेत्र निर्माण, कर्णाली करिडोर, भेरी करिडोर, कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन आयोजना निर्माणमा तीव्रता दिनुपर्ने, कोभिड–१९ ले थला परेको व्यवसायको पुनरुत्थानका लागि पुनःकर्जा नीति खुकुलो बनाइनुपर्ने लगायत विषय समावेश गरिएको छ ।

सङ्घले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह माग गरिएको सङ्कूचनको निर्णय पनि पुनर्विचार गर्न माग गरेको छ । सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले सुर्खेत विमानस्थल विस्तार नहुँदा कर्णालीको पर्यटन व्यवसायले गति लिन नसकेको र काठमाडौँ जान महँगो भाडा तिनुपर्ने बाध्यता रहेको बताए ।

सुर्खेतको लेकबेँसी नगरपालिकाको साटाखानीमा प्रस्तावित औद्योगिक क्षेत्र स्थापनासम्बन्धी कार्य अध्ययनमै सीमित गरिएको भन्दै अध्यक्ष कँडेलले तत्काल बाँकी काम अघि बढाउन पहल गरिदिन आग्रह गरे ।

अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकार गम्भीर रहेको भन्दै कतिपय समस्याको प्याकेजमै सम्बोधनका लागि सरकारले गृहकार्य गरिरहेको बताए ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ९ : २९ बजे

चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ मा रहेको वाङ यीको भनाइ

नयाँ दिल्ली- चीन र भारतबीचको सम्बन्ध सहयोगको दिशामा ‘सकारात्मक प्रवृत्ति’

रिलायन्स स्पिनिङ मिल्सको नाफा ४२ प्रतिशतले बढ्यो

काठमाडौं– रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८१/८२ मा उद्योगले अघिल्लो

हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

काठमाडौं– हुलाक सेवा विभागले सरदार भीमबहादुर पाँडेको तस्बिर अङ्कित हुलाक

सामाजिक सञ्जालमा शेयर बजार सम्बन्धी भ्रामक सामाग्री प्रति नेप्सेको चासो 

काठमाडौ– सामाजिक सञ्जालमा शेयर बजार सम्बन्धी भ्रामक सामाग्री आएकोमा नेपाल

विद्यालाई रोक्न एमालेको हरसम्भव प्रयास, विराटनगरको कार्यक्रममा नजान जारी गरियो उर्दी

विराटनगर– पूर्उराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीका कुनै पनि गतिविधिमा संलग्न हुन