बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् :

१. प्रतिनिधि सभा बैठकमा आज मिडिया काउन्सिल विधेयकबारे छलफल हुँदै 
विभिन्न विधेयकमाथि छलफल गर्न प्रतिनिधि सभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

२. राष्ट्रिय सभा बैठकबाट नागरिकता विधेयक पारित गर्ने तयारी 
राष्ट्रिय सभाको बैठक आज पनि बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ । राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धित विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि छलफल जारी रहने सम्भावित कार्यसूची छ । उक्त विधेयक आजै गृहमन्त्री बालकृष्ण खाणले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

३. आगामी निर्वाचनमा समानुपातिकतर्फ ६८ दलले भाग लिने
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ आयोगको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ७६ दलबाट निवेदन परेकामा अन्तिममा ६८ दल कायम भएका हुन् । आयोगले ती दलको दर्ता नम्बर, नाम, केन्द्रीय कार्यालयको ठेगाना, प्रमुख पदाधिकारीको नाम, निवेदन दर्ता गराउन आउने अख्तियारप्राप्त व्यक्तिको नाम र निर्वाचन चिह्नसहितको विवरण प्रकाशन गरेको छ ।

४.  माओवादी र समाजवादी पार्टी एकताको तयारी हुँदै
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग पार्टी एकताको प्रक्रिया अघि बढेको बताएका छन् । उनले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने तयारी भइरहेको पनि जानकारी दिए । आज सुर्खेतमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले समाजवादीसँग एकताको तयारी गरिरहेको र केही समयपछि पार्टी एकता संयोजन समिति बन्ने सम्भावना रहेको बताए ।

५. भदौ २२ भित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन
नेकपा एमालेले भदौ २२ भित्र उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन दिएको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ आकांक्षीहरूका नाम लिई उम्मेदवार सिफारिस गर्न एमालेले पार्टीका तल्ला कमिटीलाई निर्देशन दिएको हो ।

६. सुदूरपश्चिम प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य गरिँदै
सुदूरपश्चिम प्रदेश सभाको दशौँ अधिवेशन आज देखि अन्त्य हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको १०औँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो। प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन मिति तय भएसँगै प्रदेश सभा सदस्यहरु प्रचार–प्रसारमा केन्द्रित हुने भन्दै सभाको बैठक आज अन्त्य गर्न मन्त्रिपरिषदले सिफारिस गरेको हो।

७. अबको दुई महिना ढेंगुको जोखिम धेरै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अझै दुई महिना डेंगीको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन सर्वसाधरणलाई आग्रह गरेको छ । महाशाखाले यसपालि असोज महिना नलाग्दै डेंगीको संक्रमण ७२ जिल्लामा फैलिसकेको पुष्टि गर्दै संक्रमण तीव्र रुपमा फैलिरहेकोले सतर्कता अपनाउन आग्रह गरेको हो । गत वर्षहरुमा पनि असोज र कात्तिक महिनामा डेंगीको संक्रमण धेरै बढेको जनाउँदै बेलैमा सचेत नभएमा अबको दुई महिनामा जोखिम झन् बढ्न सक्ने महाशाखा अन्तरगतको कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताए ।

८. पहिरोले नारायणगढ–मुग्लिन सडक आज पनि अवरुद्ध
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे केराबारी र १८ किलोमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ । निरन्तरको वर्षातका कारण पहिरो झर्ने क्रम रोकिएको छैन । पहिरो पन्छाउनका लागि समन्वय भइरहेको उनले बताए ।

९.भारतले निर्माण गरेको युद्धपोत सञ्चालनमा ल्याउँदै
भारतले आज देखि आफैंले निर्माण गरेको विमानबाहक युद्धपोत सञ्चालनमा ल्याउने भएको छ । आइ एन एस बिक्रान्त नाम दिइएको विमानवाहकको प्रधानमन्त्री नरेन्द्र मोदीले आज कोचीमा शुभारम्भ गर्ने कार्यक्रम भएको जनाइएको छ । उनले भारतीय नौसेनालाई विमानबाहक हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ । २० हजार करोड भारु खर्च गरेर बनाइएको विमानबाहक युद्धपोत भारतीय नौसेनाको इतिहासको सबै भन्दा ठूलो र शक्तिशाली भएको बताइएको छ ।

१०. पहिलो एकदिवसीयमा केन्यासँग खेल्दै नेपाल
केन्या भ्रमणमा रहेको नेपालले आज घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ । नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्नेछ । नेपाल र केन्याबीचको खेल दिउँसो १२ : ४५ बजे सुरु हुनेछ । केन्याविरुद्ध मैदान उत्रँदा नेपाल एकदिवसीय सिरिजमा सुखद सुरुआतको योजनामा रहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १० : ०६ बजे

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन प्रधानमन्त्री आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जिल्लाहरूमा भारीदेखि अति

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै समीक्षाले भनिन् : महेश बस्नेतले मेरो चरित्र हत्या गरे

काठमाडौं – गायिका समीक्षा अधिकारीले नेकपा(एमाले)का नेता महेश बस्नेतले आफ्नो

एक सातामा ८८ हजारभन्दा बढी अफगानी इरानबाट स्वदेश फिर्ता

काबुल – अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)लाई उद्धृत गर्दै खामा प्रेसले

मुलुकले जबजका सिद्धान्त पालना गरिरहेको छः महासचिव पोखरेल

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले मुलुक

कमल थापाले भने : राजा फर्काउने आन्दोलन पुनः सुरु हुन्छ

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले