गठबन्धन दल सिट बाँडफाँट नजिक : प्रचण्ड « Khabarhub

गठबन्धन दल सिट बाँडफाँट नजिक : प्रचण्ड

एकीकृत समाजवादीसँग एकताको पहल भइरहेको छ


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको दाबी गरेका छन् ।

माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटीहलमा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका लागि आज सुर्खेत आइपुगेका प्रचण्डले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँगको भेटघाटमा गठबन्धनमा क्षेत्र र प्रदेश तोकेरै सिट बाँडफाँटको सहमति नजिक पुगिएको बताएका हुन्।

गठबन्धन दलभित्र कुनै असहमति नभएको उल्लेख गर्दै उनले भने, ‘यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा सन्तुलित तालमेल गरिन्छ । तर नेकपा एमालेसँग तालमेलको कुनै सम्भावना छैन । सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा होमिन्छौँ ।’ कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको उनले सुनाए ।

पत्रकार भेटघाटका क्रममा अध्यक्ष दाहालले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा चितवन–३ बाटै चुनाव लड्ने दोहोर्‍याएका छन् । नेकपा एकीकृत समाजवादीसँग एकताका लागि प्रयास भइरहेको उनको भनाइ थियो । निर्वाचनमा एउटै घोषणापत्र ल्याउन पहल भएको तर चुनाव चिह्न भने आ–आफ्नै हुने अध्यक्ष दाहालले जनाए ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ११ : १२ बजे

तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा विजयी : एमालेका भानुभक्त ढकाल पराजित

काठमाडौँ – तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन्। निवर्चान

काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित

काठमाडौँ – काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार

झापा-५ बालेन्द्रले २८ हजार मत पाउँदा ओली सात हजारमा सीमित

झापा – झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ

रास्वपाको लहर : १५ क्षेत्रमा विजयी हुँदा १०६ जनाको अग्रता

काठमाडौँ – प्रतिनिििध सभा सदस्य निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी

बाँके २ मा एमालेका राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

बाँके – बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्त्यिाक