जुम्लाकोटमा ‘एक घर एक धारा’ « Khabarhub

जुम्लाकोटमा ‘एक घर एक धारा’


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाको तिला गाउँपालिका– ८ स्थित जुम्लाकोट गाउँमा ‘एक घर एक धारा’ निर्माण हुँदा स्थानीय बासिन्दालाई राहत भएको छ । एउटै धारोमा घण्टौँसम्म पालो कुरेर बस्नुपर्ने स्थानीयको बाध्यता अहिले हटेको स्थानीय बासिन्दा धनलाल बस्नेतले बताए।

 विसं २०५९ मा बनेको धारा जीर्ण भएको र पानीको मुहान सुकेपछि खानेपानीले काकाकुल जस्तै बनेको सो वडाको जुम्लाकोट गाउँमा अहिले एक घर एक धारा पुगेको तिला गाउँपालिका उपाध्यक्ष गेरीकला बुढाले जानकारी दिइन् ।

अनुकूलन कोषको आर्थिक सहयोग वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा पेस नेपालद्वारा सञ्चालित क्याप्स कर्णाली परियोजनाले एक घर एक धारा कार्यक्रम ल्याएको पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले बताए।

धारामा पानी आएर स्थानीयले खानेपानीको प्रयोग गरिसकेका छन् । कूल ६९ लाख ९२ हजार रुपैयाँको लागतमा खानेपानी धारा निर्माण भएको छ । बीस घनमिटरको दुई पानी सङ्कलन ट्याङ्की बनेका छन् । अब पानी ल्याउन टाढा जानुपर्दैन । समयकोसमेत बचत भएको जुम्लाकोटका स्थानीय बासिन्दा बताउँछन् ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ३ : ११ बजे

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।

नेपाली स्टार्टअप एनच्याटले ल्यायो ‘एआई बिल्डर’, कोडिङविना नै आफ्नै एप बनाउन सकिने

काठमाडौं– नेपाली प्रविधि कम्पनी एनच्याटले प्रयोगकर्ताहरूका लागि कोडिङ तथा प्राविधिक

निजी क्षेत्रका समस्या र लगानी सुधारबारे १५ दिनभित्र सुझाव दिन समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले निजी क्षेत्रले विद्यमान ऐन, कानुन

हर्कले सोधे : स्याउ फलेका थिएनन् होला, प्रधानमन्त्री के चाख्न मुस्ताङ गएका हुन् ?

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता हर्क