श्रीमतीको हत्या आरोपमा श्रीमानसहित जेठानी पक्राउ « Khabarhub

श्रीमतीको हत्या आरोपमा श्रीमानसहित जेठानी पक्राउ


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– श्रीमतीको हत्या गरेको आरोपमा बाराबाट श्रीमानसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–३ गंजभवानीपुर टोल बस्ने २७ वर्षीय सैमोदिन अंसारी र २५ वर्षीया अप्सना खातुन रहेका छन् ।

सैमोदिनको श्रीमती २५ वर्षीया सहनाज खातुनको हत्यामा संलग्नता देखिएकोले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । अप्सना सहनाजकी जेठानी हुन् ।

भदौं १६ गते बिहीबार सहनाजको घरमै शंकास्पद मृत्यु भएको भनी सूचना प्रहरीले पाएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको अनुसन्धानसहितको प्रहरी टोलीले घटनास्थलको सुक्ष्म अवलोकन गरेको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १० : ३३ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको