आज २०७९ साल भदौ १८ गते शनिबारको राशिफल « Khabarhub

आज २०७९ साल भदौ १८ गते शनिबारको राशिफल


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०७९ साल भदौ १८ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ  भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेशः

मेष : आकस्मिक लाभ हुनेछ। अचानक रोग बढ्ने देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पुग्नेछ।

वृष : सम्पत्ति बढ्नेछ। व्यापार व्यवसायमा उन्नति हुने देखिन्छ। शिक्षाको लगानी उठ्ने देखिन्छ। प्रेममा सफलता मिल्नेछ।

मिथुन : नसोचेको सम्पत्ति आर्जन हुनसक्छ। यसको लगानीले तपाईंको व्यापार व्यवसायमा उन्नति हुनेछ। साथीभाइबाट जोगिएर काम गर्नुहोला।

कर्कट : पुराना साथीसँगको भेटले मन खुसी हुनेछ। रोग बढ्नेछ।

सिंह : रोगबाट मुक्ति मिल्नेछ। शत्रु परास्त हुनेछन्। राजनीति क्षेत्रमा निकै राम्रो छ।

कन्या : खर्च बढ्नेछ। पठनपाठनमा ढिलासुस्ती देखिने छ। साथीभाइबाट सहयोग पाउने योग छ।

तुला : बोलीमा ख्याल गर्नुपर्नेछ। रोगको प्रकोप बढ्नेछ। शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ।

वृश्चिक : शत्रु र रोगबाट मुक्ति मिल्नेछ। शब्दमा ख्याल गर्नुहोला। शिक्षाको क्षेत्रमा फाइदा मिल्नेछ।

धनु : काममा ढिलासुस्ती हुनेछ। खर्च बढ्नेछ। व्यापार व्यवसाय गर्दा सचेत भएर लगानी गर्नुपर्नेछ।

मकर : मानसम्मान प्राप्त हुनेछ। खर्च बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

कुम्भ : खर्च बढ्नेछ। रोगबाट मुक्ति मिल्नेछ। मानसम्मान प्राप्त हुनेछ।

मीन : आकस्मिक लाभ मिल्नेछ। पुरानो फसेको भनिएको पैसा उठ्ने देखिन्छ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ५ : ५६ बजे

सुर्खेतमा सम्पन्न भयो चौथो कर्णाली चलचित्र कार्यशाला 

सुर्खेत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा विगत ६ दिनदेखि सञ्चालन भइरहेको

शहीदमार्ग स्तरोन्नति नहुँदा ताराखोलावासीलाई सास्ती

बागलुङ– बागलुङको ताराखोला जोड्न शहीदमार्गको ट्रयाक खुलेको २० वर्ष भन्दा

सात वर्षीय बालकले राखे कीर्तिमान

पोखरा– ‘हिमालले उमेर सोध्दैन, केवल साहस र दृढ इच्छाशक्ति खोज्छ’

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

त्रिवेणी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुरको पूर्वी खण्डको दाउन्ने सडक

पोखरा सभागृह पुनर्निर्माण गरिने

गण्डकी– पोखरा सभागृहलाई पुनर्निर्माण गर्दै सुविधासम्पन्न बनाइने भएको छ ।