सामाजिक विभेद अन्त्य गर्नुपर्नेमा महासचिव भुसालको जोड « Khabarhub

सामाजिक विभेद अन्त्य गर्नुपर्नेमा महासचिव भुसालको जोड


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का महासचिव डा वेदुराम भुसालले मुलुकमा विद्यमान असमानताको अन्त्य गरी नागरिक स्वतन्त्रता कायम गर्न मार्क्सवादी दर्शन वैज्ञानिक भएको बताएका छन् ।

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन समाजवादीको प्रथम उपत्यका विशेष प्रदेश सम्मेलनमा उनले समाजमा आर्थिक, सामाजिक, सांस्कृतिक भाषिकलगायतका विभेद विद्यमान रहेकाले त्यसको अन्त्य गर्नुपर्ने बताए । उनले नागरिकका राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका पक्षमा मार्क्सवादी विचार केन्द्रित रहेको उल्लेख गर्दै सम्पूर्ण नेता तथा कार्यकर्तालाई त्यस्ता क्षेत्रमा क्रियाशील हुन निर्देशन दिए ।

संविधान र लोकतन्त्रको  रक्षाका लागि विद्रोहबाट स्थापित आफ्नो पार्टी नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा, पुनर्गठन, विकास र रूपान्तरणका लागि सक्रिय रहेको उनले बताए । नेपाली कम्युनिष्ट आन्दोलनमा देखापरेको  विकृति आत्मकेन्द्रित व्यक्तिवाद भएको भुसालको भनाइ थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ३ : ३९ बजे

नारायणीको पुलमा अड्किएको ‘क्रुज’ निकाल्न समस्या

नवलपरासी – आइतबार साँझ नारायणी नदीको बाढीले बगाएर ल्याएको ‘राइनो

सम्यक् महादान आयोजना गर्न सचिवालय स्थापना

काठमाडौं – राष्ट्रिय सभा गृहमा आज ‘सम्यक् महादान मूल समारोह

पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्चको गम्भीर आपत्ति

काठमाडौं – सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीशलाई घरमा सुतिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा

चाडपर्वलाई लक्षित गरी सुपथ मूल्यमा खाद्यान्न बिक्री

बागमती – साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले चाडपर्वलाई लक्षित गरी कार्यालयबाट