एक खेल अगावै नेपालले जित्यो केन्याविरुद्धको एकदिवसीय सिरिज | Khabarhub Khabarhub

एक खेल अगावै नेपालले जित्यो केन्याविरुद्धको एकदिवसीय सिरिज


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपालले केन्याविरुद्धको दोस्रो एकदिवसीय खेलमा जित हात पारेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले केन्यालाई १७ रनले हराएको हो ।

२ सय ३१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको केन्याले ४६ ओभर ३ बलमा अलआउट हुँदै २ सय १३ रन मात्र बनाउन सक्यो ।केन्याका लागि रकिप पटेलले ८१ रनको अर्धशतकीय इनिङ खेले ।कोलिन्स ओबुयाले ३७ रन जोड्दा नेल्सन ओधियाम्बोले २८ रन बनाए ।नेपालका दीपेन्द्र सिंह ऐरीले ४ तथा सोमपाल कामीले ३ विकेट लिए । करण केसी, आदील अन्सारी र पवन सर्राफले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ३० रन बनाएको थियो ।नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय इनिङ खेले । देव खनालले ३७ रन सोमपाल कामीले २६ रन, ज्ञानेन्द्र मल्लले २५, वसिर अहमदले १७, आदील अन्सारीले १४, अर्जुन साउदले ५ तथा दीपेन्द्र सिंह ऐरी र पवन सर्राफ समान २ रन बनाएर आउट भए ।

केन्याका भिराज पटेल, शेम एन्गोचे, नेहिमिह ओधियाम्बोले २/२ विकेट लिए । यस जितसँगै तीन खेलको सिरिज नेपालले एक खेल अगाबै २–० ले जितेको छ ।पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो ।अब नेपालले घरेलु टोलीविरुद्धको तेस्रो एकदिवसीय खेल सोमबार खेल्नेछ ।

नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी(ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ७ : २७ बजे

कांग्रेस–एमाले गठबन्धन सरकारको एक वर्ष पूरा, संविधान संशोधनको सहमति कागजमै सीमित

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपाली कांग्रेस

पानी नपर्दा सुक्यो धानको रोपो

सुनसरी– समयमै वर्षा नहुँदा सुनसरीका किसानले राखेको धान ब्याडमै सुक्न

लागत सहभागिता समझदारी पत्रमा हस्ताक्षर

कैलाली– खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास

पाखोबारीमा झाडी फाँडेर तरकारी खेती

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरुले

फराकिलो जितसहित इङ्गल्यान्ड युरो कपको क्वार्टर फाइनलमा

काठमाडौं – वेल्समाथिको ६-१ को सफलतासहित इङ्गल्यान्ड युरो कप महिला