नेकपा एमाले बारा क्षेत्र नम्बर १ (क) बाट १६ जनाको नाम सिफारिस « Khabarhub

नेकपा एमाले बारा क्षेत्र नम्बर १ (क) बाट १६ जनाको नाम सिफारिस


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – नेकपा एमाले बारा क्षेत्र नम्बर १ क समन्वय समितिको शनिबार बसेको बैठकले प्रदेश सभा सदस्य निर्वाचनको लागि क्षेत्र नम्बर १ क बाट १६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । मधेस प्रदेश सभा सदस्य उम्मेदवारहरूको छनौट गर्न कोल्हबीको पर्सौनामा शनिबार भएको बैठकले प्रत्यक्ष र समानुपातिक निर्वाचनको लागि ८र८ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले प्रत्यक्षतर्फ एकबहादुर श्रेष्ठ, अम्बिका चौलागाई, रामकृष्ण घिमिरे, केवल चौधरी, ढुण्डिराज उप्रेती, त्रिलोकी चौधरी, शिवनारायण चौधरी र जनार्दन चौधरीको नाम सिफारिस गरेको हो भने समानुपातिकमा लीला खनाल लामिछाने, दिलबहादुर लामा, ज्ञानु केसी, पलट चौधरी, गोविन्द पौडेल, शर्मिला केसी, जनक चौधरी र सरिता सापकोटाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

क्षेत्रीय संयोजक रामजी बजगाईँको अध्यक्षतामा भएको बैठकका एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली, बारा जिल्ला इन्चार्ज बलवीर चौधरीलगायतका नेताहरूले आगामी मंसिर ४ गते हुने संघीय र संसदीय निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई विजयी तुल्याउनुपर्ने कुरामा जोड दिएका थिए ।

त्यसैगरी संघीय संसदतर्फको उम्मेदवार छनौट गर्न आज कोल्हबीमा पार्टीको अर्को बैठक बस्ने भएको छ । बैठकले बारा क्षेत्र नम्बर १ को लागि पार्टीको तर्फबाट संघीय संसद सदस्यको उम्मेदवारको लागि १ महिलासहित २ पुरुषको नाम सिफारिस गर्ने बताइएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  १० : ०७ बजे

६० वर्षको उमेरमा फेरि बेहुला बन्दै आमिर खान, जुलाई ५ मा गौरी स्प्रैटसँग निजी समारोहमा विवाह

काठमाडौं– बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ आमिर खानले आफ्नो तेस्रो विवाहको तयारीबारे

नेप्से परिसूचक आठ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

समानान्तर महाधिवेशनको तयारीमा कांग्रेसको असन्तुष्ट पक्ष, सम्पर्क कार्यालय तयार गरिँदै

काठमाडौं– कांग्रेस संस्थापन पक्षले १६–१९ असोजमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने

सरकारले मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लागेको छ : मेयर साह

काठमाडौं- रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साहले प्रमुख प्रशासकीय अधिकृत नपठाएर

रूपन्देही जिल्ला अदालतले एक वर्षमा चार हजारभन्दा बढी मुद्दा फर्छ्यौट

भैरहवा- जिल्ला अदालत रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३ मा चार हजार