काठमाडौँमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जना गम्भीर घाइते  « Khabarhub

काठमाडौँमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जना गम्भीर घाइते 


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा अन्दाजी ६५ बर्सिया महिला रहेकी छन् ।

उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचार भइरहेको छ । घाइतेको पहिचान खुल्न बाँकी रहेको छ । हिजो बेलुकी साढे ८ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्री महिलालाई ठक्कर दिई फरार भएको प्रहरीले जनाएको छ । मोटरसाइकल सहित फरार चालकको खोजी भइरहेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ ।

यस्तै काठमाडौँको मुलपानीमा हिजो बेलुकी ७ बजे दुई ओटा मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् । बा ८२ प ६५९९ र बा ९५ प १५६६ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । घाइते हुनेमा ६५९९ नम्बरका मोटरसाइकल चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–२ झौखेलका ४० वर्षिय बिकाश थापा मगर रहेका छन् । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

दुवै मोटरसाइकल र १५६६ नम्बरको मोटरसाइकल चालक नियन्त्रणमा लिएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १० : ५२ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन