दिउँसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन् :

१. प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । दिउँसो २ बजे सुरु हुने बैठकमा प्रतिनिधिसभा अन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गर्ने तयारी गरेका छन् ।

२.  देउवा–प्रचण्ड वार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा सिट बाँडफाँडमा केन्द्रित भएको जनाएको छ । कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वको सिट बाँड कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष तहमै छलफल भएको हो । कार्यदलमा पाँच दलले आ–आफ्नै दाबी पेस गरेपछि सिट बाँडफाँडको विषय अझै टुंगोमा पुग्न सकेको छैन ।

३. गठबन्धन कार्यदलले आज सिट बाँडफाँट मिलाउने दाबी
गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्ने भएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने नेताहरुले बताएका छन् ।  कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वको सिट बाँडफाँट कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष तहमै छलफल हुँदै आएको छ ।

४. महाअभियोग समितिको बैठक एक साता पछि सारियो
महाअभियोग सिफारिस समितिको बैठक २५ भदौमा बस्ने भएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग समितिले आज पाँचवटा प्रश्न सोधेको थियो। आजको बैठक एक घन्टा बसेको थियो । एक घन्टामा पाँच प्रश्न सोधिएको थियो।

५. गठबन्धनको रहस्य खुल्दै गएको शंकर पोखरेलको दाबी
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनको रहस्य खुल्दै गएको दाबी गरेका छन् ।  कैलालीको अत्तरियामा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूविरुद्धको महाभियोग प्रस्तावमा छलफलका क्रममा बयान दिने क्रममा परमादेशको रहस्य खुल्दै गएको दाबी गरेका छन् ।

६. इच्छाराजसँग जोडिएका थप ३५ जनाको सम्पत्ति पनि अनुसन्धानमा
सिभिल सहकारी संस्था ठगी गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोग लागेका व्यवसायी इच्छाराज तामाङसँग जोडिएका थप ३५ जना पनि अनुसन्धानको दायरामा परेका छन् । तामाङ, उनको परिवार र उनी संलग्न कम्पनीको कारोबारमा जोडिएको पाइएका व्यक्तिहरू सम्पत्ति शुद्धीकरणमा संलग्न हुन सक्ने देखिएपछि अनुसन्धानको दायरामा परेका हुन् ।

७. टिकटक बनाउने क्रममा भीरबाट लडेर एक जना युवकको मृत्यु
दाङमा टिकटक बनाउने क्रममा भीरबाट लडेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ३४ वर्षीय नवीन केसी रहेका छन् । गए राति तुलसीपुर उपमहानगरपालिका वडा नं.३ सातले भन्ने स्थानमा टिकटक बनाउने क्रममा उनी भीरबाट खसेका थिए ।

८. खैरो हेरोइनसहित पोखराबाट १ जना पक्राउ
कास्कीको पोखरा महानगरपालिका–१४ चाउथे कदममार्गबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाजा घर सञ्चालक धादिङको गल्छी गाउँपालिका–२ घर भएका २९ वर्षीय सानुबाबु तुलाचन रहेका छन् । आरोपीको साथबाट  १ ग्राम १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ

९.चेक रिपब्लिकको राजधानी प्रागमा सरकार विरोधी प्रदर्शन
हजारौँको सख्यांमा प्रर्दशनकारीले चेक रिपब्लिकको राजधानी प्रागमा सरकार विरोधी प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले कन्जरभेटिभका प्रधानमन्त्री पेटर फियालाको नेतृत्वमा रहेको वर्तमान गठबन्धन सरकारले विद्यमान समस्याको समाधान गर्न नसकेको आलोचना गर्दै प्रदर्शन गरेका हुन् । ७० हजारको संख्यामा रहेको प्रर्दशनकारीले प्रधानमन्त्री फियालको राजीनामा समेत माग गरेका छन् । उनीहरूले युक्रेनमा युद्धमा रुसविरुद्ध लगाइएको प्रतिबन्धलाई  समर्थन गरेका भन्दै  सरकारको निन्दा गरेका छन् ।

१०. नवौँ राष्ट्रिय खेलकुदका लागि टिक घोषणा 
बागमती प्रदेशले नवौँ राष्ट्रिय खेलकुदका लागि  ज्ञानेन्द्र मल्लको कप्तानीमा टिमको घोषणा गरेको छ । बागमतीले सुवास खकुरेललाई उपकप्तानको जिम्मेवारी दिएको छ । नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ । पुरुष क्रिकेट भने भदौ २३ बाट सञ्चालन हुँदैछ । नवौँ राष्ट्रिय खेलकुद र नेपाल टी–ट्वान्टी लिग एकै समयमा रहेकोले पुरुष क्रिकेट पहिले नै हुने भएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १ : ३९ बजे

प्रिमियरसिप : लिभरपुलको अग्रता, पालमरको चार गोलमा चेल्सीको जित

काठमाडौं– कोल पालमर प्रिमियरसिपको पहिलो हाफमा नै चार गोल गर्ने

बाढी–पहिरो अपडेट : ९९ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौं– भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९

आज सर्वदलीय बैठक बस्दै

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ

आजको मौसम : आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज

आज २०८१ साल असोज १३ गते आइतबारको राशिफल

काठमाडौं– आज २०८१ साल असोज १३ गते आइतबार तदनुसार सन्