डाक्टरलाई रिस उठेपछि ‘कबीर सिंह’ माथि उजुरी हाले « Khabarhub

डाक्टरलाई रिस उठेपछि ‘कबीर सिंह’ माथि उजुरी हाले


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बक्स अफिसमा राम्रो व्यापार गरिरहेको फिल्म ‘कबीर सिंह’ को आलोचना पनि भइरहेको छ । फिल्म आलोचित हुनुको कारण शाहिद कपूरले निभाएको भूमिका हो । यो फिल्ममा शाहिद कपूरले निभाएको भूमिकाको विरोध साथै तारिफ पनि भएको छ ।

महिलामा हात उठाएको दश्य, चक्कु लिएर कपडा उतार्दै बस्ने दृश्य, जँड्याहा हिरो लगायतका कुरालाई दर्शकले गाली गरेका छन् ।

भारतीय मिडियाका अनुसार मुम्बईका एक डाक्टरले पेशालाई गलत तरिकाले देखाइएको भन्दै यो फिल्मविरुद्ध उजुरी गरेका छन् । प्रहरीकहाँ उजुरी दिँदै डाक्टरले फिल्मको प्रदर्शनमा रोक लगाउन पनि माग गरेका छन् ।

भारतीय मिडियाका अनुसार ती डाक्टरले स्वास्थ्य मन्त्री, सूचना एवम् प्रसारण मन्त्रालय र केन्द्रीय फिल्म प्रमाणन बोर्डलाई पनि पत्र लेखेका छन् ।

यो फिल्ममा शाहिद कपूरले रक्सी पिएर अपरेशन गर्दै गरेको देखिन्छ । यद्यपि फिल्मले बक्स अफिसमा फिल्मले झण्डै ८८ करोड कमाइ गरिसकेको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  १२ : ४२ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल