सञ्चारमन्त्री कार्की सुनसरी क्षेत्र नं ४ बाट सिफारिस | Khabarhub Khabarhub

सञ्चारमन्त्री कार्की सुनसरी क्षेत्र नं ४ बाट सिफारिस


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् । सोही क्षेत्रबाट प्रतिनिधिसभाका सांसद उनी सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता समेत हुन् ।

केन्द्रीय सदस्य कार्कीलाई प्रतिनिधिसभा सदस्यका लागि सुनसरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष तर्फको निर्वाचनमा एकल नाम सिफारिस भएको कांग्रेसका क्षेत्रीय सचिव रोशनकुमार खड्काले जानकारी दिए।

उनका अनुसार सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ डा अबुल हुसेन अन्सारी, डिल्ली कार्की, जमिल अख्तर अजाद मियाँ, राधिका कटुवाल, अलाउद्दीन हुसेन, इरुफान मियाँ, मीरा पोखरेल, चनरदेव मेहता र टीकाबहादुर कटुवाल सिफारिस भएका छन् । त्यसैगरी क्षेत्र नम्बर ४(क)बाट १० जनाको नाम सिफारिस गरिएको छ ।

यसरी सिफारिस हुनुहुनेमा रेवतीरमण दुलाल, उपेन्द्रबहादुर कटुवाल, सदानन्द मण्डल, मनोजकुमार साह, सुरेन्द्रप्रसाद गुप्ता, सुशीला खनाल पौडेल, मो वाजुद्दीन मन्सुरी, प्रमोद खेरवार, ओम कोइराला र ताराबहादुर कार्की छन् ।

त्यसैगरी क्षेत्र नम्बर ४(क)बाट समानुपातिकमा १५ जनाको नाम सिफारिस भएको पार्टीका क्षेत्रीय सभापति अयुव अन्सारीले जानकारी दिए ।

समानुपातिकतर्फ फरिदा खातुन, अनु गुरुङ, पङ्कजकुमार महतो, राधिका कटुवाल, अमरेन्द्रकुमार मेहता, बाबुराम विष्ट, रुपाकुमारी साह, भीमसिंह गुुरुङ, चम्पा अधिकारी, मुना, बह्मदेव मरवैता, भीम कटुवाल, जीवन विष्ट, चित्रबहादुर कार्की, बाबुनन्द यादव र शङ्करकुमार बस्नेत सिफारिस भएका छन् ।

क्षेत्र नम्बर ४(ख)बाट प्रत्यक्षमा इस्राइल मन्सुरी, पूर्णराज यादव, सत्रुधनप्रसाद यादव, सूर्यदेव दास उराँउ, हरिलाल मेहता र विष्णुदेव मण्डल सिफारिस भएका छन् । त्यसैगरी क्षेत्र नम्बर ४(ख) बाट समानुपातिकमा २१ जनाको नाम सिफारिस भएको छ ।

समानुपातिकमा नन्दकुमार सिग्देल, अम्बिका घिमिरे, फरिदा खातुन, अञ्जुदेवी मेहता, कृष्णकुमार भगत(बब्लु), गङ्गाराम मण्डल, ममता मेहता, जमुना गौतम पोखरेल, सुनिलकुमार पोखरेल, परमानन्द मेहता, रमानन्द पण्डित, ऋतुराज पोखरेल, विनिता दाहाल, रवीन्द्रकुमार मेहता, सेहनाज बेगम, विन्दुकुमारी पन्त, मञ्जुदेवी मण्डल, चञ्चल ठाकुर, ऋषिराम सुवेदी, मन्जुदेवी मण्डल र मीरा मण्डल सिफारिस हुनु भएको क्षेत्रीय सचिव खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ७ : ५७ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना