भारतीय स्थल सेनाध्यक्ष पाण्डेद्वारा नेपाली सेनालाई १० गाडी र ४ घोडा हस्तान्तरण  | Khabarhub Khabarhub

भारतीय स्थल सेनाध्यक्ष पाण्डेद्वारा नेपाली सेनालाई १० गाडी र ४ घोडा हस्तान्तरण 


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले करिब २२ करोड रुपैयाँ बराबरको विभिन्न सैन्य सामाग्री नेपाललाई हस्तान्तरण गरेको छ ।

नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरिएको एक कार्यक्रमबीच ती सैन्य सामाग्री प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेका हुन् ।

‘भारतीय स्थल सेनाध्यक्षले करिब २२ करोड रुपैयाँको सैन्य सामाग्री नेपाली सेनालाई हस्तान्तरण गर्नु भएको छ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले भने ।

प्रवक्ता सिलवालका अनुसार भारतीय स्थल सेनाध्यक्षले आज १० वटा माइन प्रोटेक्टीभ भेइकल (एमपीभी), ४ वटा घोडा, मेडिकल उपकरण र मेन्टीनेन्स स्पेयर्स पार्टस नेपाली सेनालाई हस्तान्तरण गरेका हुन् ।

आज उपलब्ध गरिएका करिब २२ करोडको सैन्य सामाग्रीमा ६० प्रतिशत (१३ करोड २० लाख रुपैयाँ) भारतको अनुदान सहयोगमा प्राप्त भएको हो भने ४० प्रतिशत (८ करोड ८० लाख रुपैयाँ) मूल्य नेपाल सरकारले व्यहोरोको छ ।

दुई देशबीचको सुरक्षा संयन्त्रको बैठकमा भएको निर्णय अनुसार ती सामाग्री नेपाललाई भारतले उपलब्ध गरेको हो ।

पाँच दिने नेपाल भ्रमणको सिलसिलामा भारतीय स्थल सेनाध्यक्ष पाण्डे आइतबार काठमाडौँ आइपुगेका हुन् ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  १ : ०९ बजे

सुक्खा पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने सडक अवरुद्ध

बागमती– सुक्खा पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने सडक अवरुद्ध भएको छ

भूमि सम्बन्धी ऐन संशोधन विधेयक अध्ययन गर्न थप समय माग

काठमाडौं– सांसदहरुले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको

प्रसूतिगृह लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले महिला स्वास्थ्यसम्बन्धी विशिष्टीकृत अस्पतालका

रसियाको कारखानामा भीषण आगलागी, मृतक सङ्ख्या ११ पुगेको पुष्टि

एजेन्सी – रसियाको पश्चिमी रायजान क्षेत्रमा रहेको एउटा औद्योगिक कारखानामा

कृष्णजस्ता मान्छेबारे शास्त्र र विज्ञानको ‘प्याचअप’

काठमाडौँ – हालको भारतीय सरहदमा पर्ने उत्तरप्रदेशको मथुरामा पाँच हजार