उत्तर प्रदेशको लखनऊमा आगलागी, ४ जनाको मृत्यु | Khabarhub Khabarhub

उत्तर प्रदेशको लखनऊमा आगलागी, ४ जनाको मृत्यु


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको उत्तर प्रदेशमा आगलागी भएको छ । उत्तर प्रदेशको राजधानी लखनऊस्थित हजरतगञ्ज क्षेत्रमा रहेको लेभाना होटलमा सोमबार आगलागी भएको हो ।

आगलागीमा परी चार जनाको मृत्यु भएको भारतीय अखबार इण्डियन एक्सप्रेसको अनलाइन संस्करणले जनाएको छ । घटनामा अरु १० जना घाइते भएका छन् । होटलमा धेरै मानिस फसेका आशङ्का गरिएको छ ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटनास्थलमा उद्धार जारी छ ।

यसैबीच, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले तदारूकताका साथ उद्धारमा लाग्न तथा घाइतेहरूलाई प्राथमिकताका साथ उपचार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्रीले स्थानीय अस्पतालमा गई घाइतेहरुसँग भेट गरेको जनाइएको छ । जिल्ला प्रशासनका अधिकारीहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरूलाई घटनास्थलमा पुगेका तथा त्यहाँ राहत एवम् उद्धारका काममा समन्वय गरिरहेका मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ४ : ०७ बजे

ओभरपासले ग्वार्कोमा सहज, कोटेश्वर-जडिबुटीमा उस्तै चाप (तस्बिरहरू)

काठमाडौं– ललितपुरको ग्वार्कोमा ओभरपास सञ्चालनमा आएसँगै त्यहाँ दैनिक रूपमा जाम

पहिराले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध

किमाथांका : सुक्खा पहिरोका कारण उत्तर-दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको

रास्वपाले गर्‍यो संसद् बैठक बहिष्कार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबारको संसद् बैठक पनि

बीसवर्षे ‘सगरमाथा वृक्षरोपण महाअभियान’ घोषणा

काठमाडौं– वन तथा वातावरण मन्त्रालयले ‘सगरमाथा संवाद’ कार्यक्रमको आह्वानअनुसार २०

बजेट पारित गराउने सत्तापक्षीय दलको निर्णय

काठमाडौं– सत्तापक्षीय राजानीतिक दलहरुको बैठकले सरकारले जेठ १५ गते सङ्घीय