बङ्गलादेशमा सडक दुर्घटना हुँदा ९ जनाको मृत्यु « Khabarhub

बङ्गलादेशमा सडक दुर्घटना हुँदा ९ जनाको मृत्यु


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बङ्गलादेशमा सडक दुर्घटना भएको छ । राजधानी ढाकाबाट तीन सय चार किलोमिटर उत्तर पश्चिममा अवस्थित रङपुर जिल्लामा सवारी दुर्घटना भएको हो ।

आज मध्यराती साढे १२ बजे सवारी दुर्घटना भएको ढाकाबाट प्रकाशित हुने ढाका ट्रिब्युनको अनलाइन संस्करणले जनाएको छ । दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने अन्य ६३ जना घाइते भएका छन् ।

यात्रुबाहक दुईवटा बस एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।

घटनास्थलमा पाँच जनाको ज्यान गएको रङपुर जिल्लाको तारापुञ्ज क्षेत्रका उपप्रमुख मोहम्मद रसेलले बताए । अन्य चार जनाको उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।

सडक दुर्घटनामा केही यात्री गम्भीर घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पताल र स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको पनि उनले बताएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ५ : ०६ बजे

कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ

म्याग्दी – ‘जेनजी’ आन्दोलनको क्रममा कास्की कारागारबाट भागेका एक जना

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा कञ्चनपुर–कमला राजमार्गको स्थलगत निरीक्षण

सप्तरी – नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल

आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाउन नहुने इरानको धारणा

तेहरान – इरानले शनिबार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)को एक

चार हजार दुई सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चार हजार दुई सय

३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी जिल्ला अधिवेशनअन्तर्गत आज