बङ्गलादेशमा सडक दुर्घटना हुँदा ९ जनाको मृत्यु | Khabarhub Khabarhub

बङ्गलादेशमा सडक दुर्घटना हुँदा ९ जनाको मृत्यु


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बङ्गलादेशमा सडक दुर्घटना भएको छ । राजधानी ढाकाबाट तीन सय चार किलोमिटर उत्तर पश्चिममा अवस्थित रङपुर जिल्लामा सवारी दुर्घटना भएको हो ।

आज मध्यराती साढे १२ बजे सवारी दुर्घटना भएको ढाकाबाट प्रकाशित हुने ढाका ट्रिब्युनको अनलाइन संस्करणले जनाएको छ । दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने अन्य ६३ जना घाइते भएका छन् ।

यात्रुबाहक दुईवटा बस एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।

घटनास्थलमा पाँच जनाको ज्यान गएको रङपुर जिल्लाको तारापुञ्ज क्षेत्रका उपप्रमुख मोहम्मद रसेलले बताए । अन्य चार जनाको उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।

सडक दुर्घटनामा केही यात्री गम्भीर घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पताल र स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको पनि उनले बताएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ५ : ०६ बजे

गृहमन्त्रीलाई स्वर्णिमको प्रश्न- आरोपीले नै अनुसन्धान अधिकृत छान्ने हो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ उपाध्यक्ष डा. स्वर्णिम

एमाले सचिवालय बैठक बुधबार बस्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बुधबारका लागि डाकिएको

ओभरपासले ग्वार्कोमा सहज, कोटेश्वर-जडिबुटीमा उस्तै चाप (तस्बिरहरू)

काठमाडौं– ललितपुरको ग्वार्कोमा ओभरपास सञ्चालनमा आएसँगै त्यहाँ दैनिक रूपमा जाम

पहिराले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध

किमाथांका : सुक्खा पहिरोका कारण उत्तर-दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको

रास्वपाले गर्‍यो संसद् बैठक बहिष्कार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबारको संसद् बैठक पनि