काठमाडौँ ७ मा कांग्रेसबाट गुरागाईंको नाम सिफारिस | Khabarhub Khabarhub

काठमाडौँ ७ मा कांग्रेसबाट गुरागाईंको नाम सिफारिस


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको लागि काठमाडौँ ७ मा प्रमोदहरि गुरागाईंको नाम सिफारिस गरेको छ ।

कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका गुरागाईंसहित डा. रामशरण थपलिया, विनोद पन्त, दयाराम पाण्डे, दक्ष पौडेल, नीलकाजी शाक्य, सरोज थापा, सुशील भट्ट र प्रमिलासिंह डंगोलको नाम पनि सिफारिस भएको छ । गुरागाईंको पुर्ख्यौली घर नुवाकोट हो ।

यस्तै, एमालेबाट रघुजी पन्त, विद्यासुन्दर शाक्य, ईन्दिरा पन्त, बिपी ढकाल र श्याम घिमिरेको नाम सिफारिस भएको छ । माओवादी केन्द्रबाट मुक्ति प्रधान र रामबाबु फुयाँलको दाबेदारी रहेको छ । यद्यपि, उनीहरूको नाम सिफारिस भइसकेको छैन ।

यस क्षेत्रबाट एकीकृत समाजवादीबाट वसन्त मानन्धर र जनता समाजवादी पार्टी (जसपा)बाट राजेन्द्र श्रेष्ठ, स्वतन्त्रबाट यादवलाल कायस्थ, रवीन्द्रकुमार श्रेष्ठ र सूर्य सिलाकारको नाम सिफारिस भएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ५ : २६ बजे

हल्लेखर्क र कुरमुनीमा खानेपानी सुविधा विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ हल्लेखर्क र कुरमुनी टोलका ४० घरमा

डीप बोरिङमार्फत ३०० हेक्टरमा सिँचाइ, १३ आयोजना हस्तान्तरण

नारायणगढ– भरतपुर महानगरमा निर्माण भएका १३ वटा भूमिगत जल सिँचाइ

कारागारबाट भागेका कैदी पक्राउ

काठमाडौं– तीन दिन अभि सुनसरीको झुम्का कारागारबाट भागेका कैदी शनिबार

श्रीकृष्णको जीवन गहिरो आध्यात्मिक ज्ञानको स्रोत : उपराष्ट्रपति यादव

कामठाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले सत्य, शान्ति, न्याय, प्रेम र समृद्धिको

सर्लाहीमा गोली प्रहारबाट एक जनाको मृत्यु

सर्लाही– सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको