चीनमा माझीसँगै माझीले समातेका माछामा पनि कोरोना भाइरसको परीक्षण « Khabarhub

चीनमा माझीसँगै माझीले समातेका माछामा पनि कोरोना भाइरसको परीक्षण


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको प्रकोप रोक्न चीनले माछा मार्ने माझी मात्रै नभई माझीले समातेका माछाहरु समेत परीक्षण गर्ने गरेको पाइएको छ ।

ब्लूमबर्गका अनुसार चिनियाँ अधिकारीहरुले दक्षिणी फुजियान प्रान्तको सियामेन सहरमा माझीहरुसँगै उनीहरुले समातेको माछामा पनि कोरोना भाइरसको परीक्षण गर्दै आएका छन् ।

सियामेन सहरको तटपारी अवस्थित हाइनान टापुमा कोरोना भाइरसको प्रकोप अझ खराब बन्दै जाँदा अधिकारीहरुले माझी र उनीहरुले समातेका माछामा पनि कोरोना भाइरसको परीक्षण गर्दै आएका छन् ।

चिनियाँ अधिकारीले माछामा समेत कोरोना भाइरसको परीक्षण गर्दै आएको घटनालाई लिएर भने सामाजिक सञ्जालमा बहस र आलोचना सुरु भएको ब्लुम्बर्गले जनाएको छ ।

सियामेन सहरको जिमेई जिल्लाका अधिकारीहरुले गत जुलाई महिनामा माछामा समेत कोरोना भाइरसको परीक्षण गरिने जनाएका थिए ।

सो क्षेत्रमा रहेका माझीहरुले विदेशबाट अवैध तरिकाले विदेशी माछा आयात गर्ने गरेको र यसकारण कोरोना भाइरसको जोखिम बढ्ने सरकारी अधिकारीको भनाइ छ ।

यसबारे जिमेई क्षेत्रका अधिकारीहरुले कुनै टिप्पणी नगरेको ब्लूम्बर्गले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ९ : ३४ बजे

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम