सबै स्थानीय तहलाई तीन दिनभित्र बजेटको विवरण पठाउन निर्देशन « Khabarhub

सबै स्थानीय तहलाई तीन दिनभित्र बजेटको विवरण पठाउन निर्देशन


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई बजेटको विवरण पठाउन निर्देशन दिएको छ ।

मन्त्रालयका स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत जनकराज शर्माले सबै स्थानीय तहले गाउँसभा/नगरसभामा पेश गरेको बजेट तीन दिनभित्र पठाउन निर्देशन दिइएको जानकारी दिए ।

उनका अनुसार बजेटको आय–व्ययसहितको विवरण मन्त्रालयमा पठाउन निर्देशन दिइएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ उपदफा १ तथा अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा ३ ले गाउँपालिका र नगरपालिकाले प्रत्येक वर्ष असार महीनाको १० गतेभित्र आगामी आवको राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा/नगर सभामा प्रस्तुत गर्नुपर्ने व्यवस्थाअनुसार प्रायः सबै स्थानीय तहले मङ्गलबार बजेट प्रस्तुत गरेका थिए ।

मुलुकमा छ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  २ : ५१ बजे

गण्डकीमा फेरियो मन्त्रिमण्डल : कांग्रेस र एमालेले पठाए नयाँ अनुहार

पाेखरा- गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बुधबार पुनर्गठन गरिएको छ ।

सशस्त्र प्रहरीकी सहायक निरीक्षक निम दिकी शेर्पाबाट लोबुचे हिमालको सफल आरोहण

काठमाडौँ– सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पाले लोबुचे हिमालको

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी– कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया स्थित कन्द्रा

ट्रम्पले एकसाथ इटालीकी प्रधानमन्त्री र पोप लियोमाथि साँधे निशाना

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकसाथ पोप लियो र इटालियन

कांग्रेस आधिकारिकताबारे नेता महर भन्छन्– ‘ढिलो न्याय पाउनु पनि नपाउनु सरह हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता नैनसिंह महरले न्याय सम्पादनमा समयमै न्याय