लिज ट्रसलाई हरेक पाइलामा समर्थन गर्ने बोरिस जोनसनको बाचा | Khabarhub Khabarhub

लिज ट्रसलाई हरेक पाइलामा समर्थन गर्ने बोरिस जोनसनको बाचा


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  बेलायतका निवर्तमान प्रधानमन्त्री बोरिस जोनसनले मङ्गलबार आफ्नो उत्तराधिकारी लिज ट्रसलाई समर्थनको बाचा गरेका छन् । उनले बेलायती प्रधानमन्त्रीको रुपमा १० डाउनिङ स्ट्रिटमा आफ्नो विदाई सम्बोधनका क्रममा यस्तो बाचा गरेका हुन् ।

जोनसनको कार्यकाल ब्रेक्सिट र कोभिडको प्रभुत्व रहेको थियो । महारानी एलिजाबेथ द्वितीयसँग भेटवार्ता गर्न स्कटल्याण्ड जानुअघि जोनसनलाई उनका समर्थकहरुले जयजयकार र ताली बजाएर विदाई गरेका थिए ।

उनले भने ‘म लिज ट्रस र नयाँ सरकारलाई हरेक पाइलामा समर्थन गर्नेछु ।’ उनले आफ्नो सत्तारुढ कन्जरभेटिभ पार्टीलाई उर्जा सङ्कट समाधान गर्नका लागि आफ्नो मतभेदलाई पन्छाउन आग्रह गरेका छन् ।

उर्जा सङ्कट ट्रसको कार्यकालको निकट भविष्यमा चुनौतीका रुपमा देखा पर्ने अपेक्षा गरिएको छ ।

“यदि डिलिन (उनको कुकुर) र ल्यारी (डाउनिङ स्ट्रिटको मुसा मार्ने आधिकारिक बिरालो) ले उनीहरूको सामयिक कठिनाइहरू पछाडि राख्न सक्छ भने कन्जरभेटिभ पार्टीले पनि सक्छ,“ उनले थपे ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ४ : ३३ बजे

हल भिजिटमा पुगेका अनमोललाई प्रश्न : ‘जेरी अन टप’को पहिलो दिनको व्यापार करोड कट्छ ?

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको नायक अनमोल केसी स्टारर फिल्म

एमाले बैठकस्थलमा युवाको नारा – ‘वी लभ यू केपी बा’

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठकस्थलमा अध्यक्ष केपी शर्मा ओलीका

एमालेको महाधिवेशन मंसिर २७ देखि पोखरामा, यस्ता छन् विभिन्न २२ प्रस्ताव

काठमाडौं– नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९

अपराजित रहँदै नेपालले जित्यो आईसीसी टि ट्वान्टी छनोटको उपाधि

काठमाडौं- सामोआविरुद्ध उत्कृष्ट जित निकाल्दै नेपालले आईसीसी टि ट्वान्टी विश्वकप