उत्तर प्रदेशका भाजपा विधायक अरविन्द गिरिको निधन « Khabarhub

उत्तर प्रदेशका भाजपा विधायक अरविन्द गिरिको निधन


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशका विधायक अरविन्द गिरिको निधन भएको छ । भारतीय जनता पार्टी भाजपाका विधायक अरविन्द गिरिको हृदयघातका कारण मङ्गलबार मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी उत्तर प्रदेश राज्यको लखिमपुर खेरी जिल्लाको गोला गोक्रनाथ विधानसभा क्षेत्रबाट पाँच पटक विधायक रहिसकेका छन् । उपचारका लागि राज्यको राजधानी लखनउ ल्याउँदा बाटोमा नै उनको मृत्यु भएको हो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेता गिरिको निधनले राज्यलाई अतुलनीय क्षति भएको बताउँदै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ४ : ४० बजे

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत