भारतीय सेनाध्यक्ष पाण्डे र प्रधानमन्त्री देउवाबीच भेटवार्ता « Khabarhub

भारतीय सेनाध्यक्ष पाण्डे र प्रधानमन्त्री देउवाबीच भेटवार्ता


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज पाण्डेले प्रधानमन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्।

मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा नेपाल भारत सैन्य सम्बन्धमा बारेमा चर्चा भएको थियो । भेटमा भारतीय सेनाले नेपाली सेनालाई गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य जारी रहने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेका थिए ।

त्यस्तै भारतका सेनाध्यक्ष पाण्डेले नेपालसँग सहकार्यको लामो समय भएको भन्दै खुसी व्यक्त गरेका थिए । यसअघि सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो । उनले नेपाली सेनालाई सहयोग स्वरूप विविध सामग्रीहरू हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ५ : १३ बजे

पूर्वाधार विकाससहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका चारवटा समितिको बैठक आज

प्रतिनिधिसभा बैठक बस्दै, अख्तियारको वार्षिक प्रतिवेदन पेस गरिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा बस्ती संरक्षण योजना निर्माण भएको

काठमाडौँ उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत

ललितपुर– बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल