प्रतिनिधिसभाबाट ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित | Khabarhub Khabarhub

प्रतिनिधिसभाबाट ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले उक्त विधेयक प्रस्तुत गरेका थिए । विधेयकमाथि परेको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सांसद प्रेम सुवालले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गरेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेटघण्टी बजाई गणपूरक सङ्ख्या गणना गर्न लगाउनु हुँदा गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगित भएको थियो । त्यसअघि मन्त्री कोइरालाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालसम्बन्धी प्रावधानका सम्बन्धमा परेको संशोधन प्रस्ताव स्वीकार गरेका थिए।

सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ मा प्रतिनिधिसभा र प्रदेशसभाको  कार्यकाल नयाँ निर्वाचन भई पहिलो बैठक बसेको दिनबाट गणना गरिने उल्लेख थियो । सत्तापक्ष र प्रतिपक्षले नै सो विधेयकका सम्बन्धमा आपत्ति जनाउँदै संशोधन प्रस्ताव पेश गरेका थिए।

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २२ गते बुधबार १ बजे बस्नेछ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ५ : ५६ बजे

संसद गालीगलौच र भ्रामक बहसमा दौडने मैदान बन्यो : मीन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले संसदलाई मर्यादित, व्यवस्थित, तथ्यपरक

उत्तरी गाजा छाड्न प्लेस्टाइनीलाई इजरायलको चेतावनी

इजरायल – इजरायलले गाजा सहर र जाबालियामा रहेका प्यालेस्टाइनीलाई उक्त

आज संसद दिवस मनाइँदै

काठमाडौं– मुलुकमा पहिलोपटक जननिर्वाचित संसद बैठक बसेको दिनको स्मरणमा सोमबार

पहिरोले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी– गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध भएको छ । आइतबार राति

पाँच शिक्षकलाई ‘स्टार टिचर अवार्ड’

ताप्लेजुङ– ताप्लेजुङमा कार्यरत १३ शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक