वर्षौंदेखि बेलहिया–भैरहवा सडक अलपत्र, पर्यटकलाई सास्ती | Khabarhub Khabarhub

वर्षौंदेखि बेलहिया–भैरहवा सडक अलपत्र, पर्यटकलाई सास्ती


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – नेपाल–भारत सीमा नाका बेलहियाबाट दैनिक पर्यटक आउजाउ गरिरहेका हुन्छन् । भारतीय पर्यटकहरु नेपाल घुम्न आउने तथा कामको सिलसिलामा भारत गएका नेपालीहरु फर्किने मुख्य नाकाका रूपमा बेलहिया नाका रहेको छ ।

स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्र्याउने बेलहिया नाका अहिले अलपत्र परेको छ । करिब आठ वर्षदेखि निर्माण भइरहेको बेलहिया–भैरहवा सडकखण्डको बेलहियामा अहिलेसम्म सडक बनिसकेको छैन । मुख्य सडकमै ठूला–ठूला खाल्डा बनेका छन् ।

करिब एक किलोमिटर सडक नबन्दा पर्यटकले सास्ती त पाएकै छन् बेलहिया नाका हुँदै भित्रिने मालबाहक ट्रकहरु पनि दुर्घटनाको जोखिममा रहेका छन् ।

बेलहिया–बुटवल व्यापारिक मार्ग आयोजनाअन्तर्गत बेलहियादेखि बुटवलसम्म सडक निर्माण भएको छ । अधिकांश क्षेत्रको सडक निर्माण सम्पन्न भए पनि ठेकेदार कम्पनी बिरुवा कन्स्ट्रक्सनले पाएको तीन वटा स्थानीय तह क्षेत्रअन्तर्गतको निर्माण सम्पन्न गरेको छैन । बिरुवाले सिद्धार्थनगर नगरपालिकाको बेलहिया, ओमसतिया गाउँपालिकाको पडसरी र बुटवल उपमहानगरको बुटवल क्षेत्रको सडक निर्माणको ठेक्का पाएको थियो ।

हिलो र धुलोका कारण पर्यटक मात्र नभई यहाँ व्यवसाय गर्ने व्यवसायीहरु पनि प्रभावित बनेको स्थानीयवासी विष्णु शर्माले बताए ।

बिरुवा कन्स्ट्रक्सनले यी सडक बनाउन आनाकानी गर्दै आएको छ । सिद्धार्थनगर नगरपालिकाले बेलहिया क्षेत्रमा अलपत्र रहेको सडक निर्माण गर्न पटक–पटक ताकेता गर्दा पनि बिरुवाले यसमा कुनै अग्रसरता नदेखाएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

पौडयाल जस्तै गुनासो सिद्धार्थनगर नगरपालिका प्रमुख ईश्तियाक अहमद खाँको पनि छ । हराभरा, सुन्दर सिद्धार्थनगरको परिकल्पनामा ठेकेदार कम्पनी बिरुवा कन्स्ट्रक्सन बाधा बनेको नगर प्रमुखको गुनासो छ । आयोजना नगरपालिका मातहत नहुँदा ठेकेदार कम्पनी उपर कुनै किसिमको कारवाही प्रकियासमेत अघि बढाउन नसकेको उनको भनाइ छ ।

यस विषयमा प्रतिक्रिया लिन ठेकेदार कम्पनी बिरुवा कन्स्ट्रक्सनका प्रतिनिधिलाई पटक–पटक सम्पर्क गर्दा सफल हुन सकेन ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ९ : ३५ बजे

नेविसंघको असन्तुष्ट पक्षले घेर्‍यो सानेपा (तस्बिरहरू)

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

लगातारको वर्षापछि धनगढीलगायत आसपासका क्षेत्र जलमग्न

कैलाली– गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न

स्वास्थ्यमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको

कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

कञ्चनपुर– कञ्चनपुरमा हालसम्म ४८ प्रतिशत धान रोपाइँ गरिएको छ ।

युवाको सृजनात्मकता जोश र चेतनालाई व्यवहारिक रूपान्तरण गरौँ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाहरूको सृजनात्मकता जोश र चेतनालाई व्यवहारिक