कार्यदलले शीर्ष नेतालाई सिट बाँडफाँडको खाका बुझाउँदै « Khabarhub

कार्यदलले शीर्ष नेतालाई सिट बाँडफाँडको खाका बुझाउँदै


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ। बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुने राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिएका छन् ।

आजको बैठकमा सिट बाँडफाँड कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका दलहरुबीच हुने चुनावी तालमेलको खाका बुझाउने तयारी छ।

मंगलबार राति अबेरसम्म बसेको कार्यदलको बैठकले आफूलाई प्राप्त कार्यादेशअनुसारको सुझाव बुधबार शीर्ष नेतालाई बुझाउने समझदारी बनाएको थियो । यसअघिका चुनावमा दलहरूलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँडको खाका बनाइएको छ ।

गठबन्धनमा आबद्ध दलहरूले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन रहेका छन् ।

यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाका नेता पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ९ : ०४ बजे

महेश बस्नेत पराजित भएको भक्तपुर-२ मा शोभा पाठकलाई १९ मत

काठमाडौं – भक्तपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा

समानुपातिकमा पनि रास्वपाकै वर्चस्व, कांग्रेस दोस्रो, राप्रपासँग एमालेको प्रतिस्पर्धा

काठमाडौं – प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फ हालसम्म ४६,०२० मत गणना

नेमकिपाको किल्ला भक्तपुर–१ मा रास्वपा विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय

चितवनमा रवि : तीन वर्षमा तेस्रो जित, निरन्तर आफ्नै रेकर्ड ब्रेक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले तीन

म्याग्दीबाट महावीर पुन २२ हजार बढी मतले निर्वाचित

म्याग्दी– निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं म्याग्दीबाट स्वतन्त्र उम्मेदवार