कार्यदलले शीर्ष नेतालाई सिट बाँडफाँडको खाका बुझाउँदै « Khabarhub

कार्यदलले शीर्ष नेतालाई सिट बाँडफाँडको खाका बुझाउँदै


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ। बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुने राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिएका छन् ।

आजको बैठकमा सिट बाँडफाँड कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका दलहरुबीच हुने चुनावी तालमेलको खाका बुझाउने तयारी छ।

मंगलबार राति अबेरसम्म बसेको कार्यदलको बैठकले आफूलाई प्राप्त कार्यादेशअनुसारको सुझाव बुधबार शीर्ष नेतालाई बुझाउने समझदारी बनाएको थियो । यसअघिका चुनावमा दलहरूलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँडको खाका बनाइएको छ ।

गठबन्धनमा आबद्ध दलहरूले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन रहेका छन् ।

यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाका नेता पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ९ : ०४ बजे

चुनावमा वर्षमानलाई सघाउन सन्तोष सुवेदीले छाडे विप्लवको साथ 

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य

जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल

एजेन्सी– दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मंगलबार पश्चिमी जापानको

कोरला नाकाबाट दुई करोड २४ लाखका भेप बरामद

मुस्ताङ– कोरला नाकाबाट दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय

महोत्तरीका मगर र थारू बस्तीमा माघेसङ्क्रान्तिको रौनक

महोत्तरी– यहाँका थारू र मगर बस्तीमा माघेसङ्क्रान्ति पर्वको रौनक बढेको

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध अपिहिमालका स्थानीय आन्दोलित

दार्चुला– अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १०