लमजुङमा १६ हजार १४३ मेट्रिकटन दुध उत्पादन « Khabarhub

लमजुङमा १६ हजार १४३ मेट्रिकटन दुध उत्पादन


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङमा पशुजन्य उत्पादन मध्ये दुध तथा मासु उत्पादन वृद्धि भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ । पशुजन्य उत्पादन मध्ये मासु भन्दा दुध उत्पादन औषत बढी वृद्धि भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. रुपेश श्रेष्ठले बताए ।

उनका अनुसार अघिल्लो आर्थिक वर्षमा १५ हजार नौ सय ८ मेट्रिक टन दुध उत्पादन भएकोमा गत आर्थिक वर्षमा १६ हजार एक सय ४३ मेट्रिक टन दुध उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा दुई सय ३४ मेट्रिक टन बढी दुध उत्पादन भएको कार्यालय प्रमुख डा.श्रेष्ठले बताए । 

कार्यालयका अनुसार उत्पादित दुधमध्ये गत आर्थिक वर्षमा भैँसी दुधमात्रै १२ हजार चार सय ६४ मेट्रिक टन उत्पादन भएको छ । सो बाहेक तीन हजार ६६७ मेट्रिक टन गाईकाे र १२ मेट्रिक टन चौरीको दुध उत्पादन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । 

त्यसैगरी पशुजन्य उत्पादनमध्ये करिब ८९ मेट्रिक टन मासु तथा माछा उत्पादन वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा तीन हजार ४५ मेट्रिक टन मासु तथा माछा उत्पादन भएकोमा गत आर्थिक वर्षमा तीन हजार एक सय ३४ मेट्रिक टन माछा तथा मासु उत्पादन भएको कार्यालयले जनाएको छ । 

जिल्लामा उत्पादित मासुमध्ये सबैभन्दा बढी राँगा तथा भैँसीको मासु उत्पादन भएको छ । गत आर्थिक वर्षमा राँगा तथा भैँसीको मासु मात्रै एक हजार तीनसय १७ मेट्रिक टन उत्पादन भएको छ । सो बाहेक नौ सय ५५ मेट्रिक टन खसी, ६ सय ८८ मेट्रिक टन कुखुरा, दुई सय ३२ मेट्रिक टन बङ्गुर, नौ सय २५ मेट्रिक टन भेडाको मासु उत्पादन भएको छ । 

सो बाहेक जिल्लामा ४७ दशमलव ८ मेट्रिक टन माछा उत्पादन भएको कार्यालयले जनाएको छ । यसैगरी जिल्लामा पशुजन्य उत्पादन मध्ये गत आर्थिक वर्षमा एक करोड७० लाख १६ हजार  गोटा अण्डा उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्षमा जिल्लामा एक करोड ७० लाख १४ हजार गोटा अण्डा उत्पादन भएको थियो । 

जिल्लामा पशुजन्य उत्पादन मध्ये औषतमा माछा र अण्डा उत्पादन वृद्धि धेरै नभएको कार्यालयको तथ्यांकले देखाएको छ । खपत कम हुँदा अण्डा उत्पादनका लागि लमजुङ आत्मनिर्भर भए पनि माछा उत्पादनका निम्ति भने जिल्ला अझै परनिर्भर रहेको कार्यालय प्रमुख डा. श्रेष्ठको भनाइ छ । 

जिल्लामा व्यावसायिक रूपमा विभिन्न क्षेत्रमा माछा पालन पनि गरिएका छन् । यद्यपि जिल्लामा उत्पादित माछा मागअनुसार अत्यन्तै न्यून पाइएको छ । विशेष गरी जिल्ला सदरमुकाम बेसीशहर सहित मुख्य बजार क्षेत्रहरूमा जिल्लामै उत्पादन गरिएका माछा कम मात्रै आयात हुने गरेको छ । सदरमुकाम सहितका मुख्य बजारहरूमा तराइ देखि ल्याइएका माछाहरू बिक्री वितरण गरेको पाइन्छ ।

यस्तै मासु प्रायोजनका निम्ति अत्यधिक रूपमा कुखुरा बाख्रा, भेडा बङ्गुर पालिएका छन् । कार्यालयको गत वर्षको तथ्या‌ंकअनुसार जिल्लामा दुई लाख ७७ हजार ५१० कुखुरा पालिएका छन् भने एक लाख ३८ हजार चार सय ५० बाख्रा, १३ हजार पाँच सय ४० भेडा र चार हजार ९६५ बङ्गुर पालिएको तथ्यांक छ । 

 

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  १२ : ०४ बजे

जो ट्रम्पको हत्या योजनासहित लस एन्जलसदेखि वासिङ्टन पुगेका थिए…

वासिङ्टन डीसी – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेको

चन्द्रगढी महिला गोल्डकपको उपाधि एपीएफलाई

झापा – मेची रङ्गशालामा आज सम्पन्न प्रथम ‘ओम साई पाथिभरा

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

काठमाडौँ – सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख १५ गते मंगलबार। वैशाख