चीनमा भूकम्प : मृतकको सङ्ख्या ७४ पुग्यो | Khabarhub Khabarhub

चीनमा भूकम्प : मृतकको सङ्ख्या ७४ पुग्यो


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएको छ । पछिल्लो विवरण अनुसार सो भूकम्पमा परेर अझै २६ जना बेपत्ता रहेका छन् ।

पछिल्लो विवरण अनुसार गान्जी प्रान्तमा ४० जनाको ज्यान गएको छ भने १४ जना बेपत्ता भएका छन् । सो क्षेत्रमा अरु १७० जना घाइते भएका बताइएको छ । यान सहरमा ३४ जनाको मृत्यु भएको छ भने अरु १२ जना बेपत्ता भएका छन् ।

उक्त सहरमा अन्य ८९ जना घाइते भएका सहरको आपतकालीन व्यवस्थापन ब्यूरोले जनाएको छ । सिचुआन प्रान्तको प्रान्तीय राजधानी चेङ्दुमा भूकम्पका कारण लाखौं मानिस प्रभावित भएका बताइएको छ ।

त्यसको नजिकैको सहर चोङचिङमा पनि भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दाले जानकारी गराएका छन् । भूकम्पको केन्द्रबिन्दु सिचुआन प्रान्तको काङदिङ सहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सो भूकम्पको केन्द्रविन्दु जमिनी सतहबाट १० किलोमिटर गहिराइमा रहेको बताइएको छ । भूकम्प ६.८ म्याग्निच्युडको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएसले जनाएको छ ।

भूकम्पका कारण भौतिक संरचनामा पनि क्षति पुगेको छ । भूकम्पले भत्काएकाले यहाँबाट अन्य सहरमा जाने बाटो पनि अवरुद्ध भएको छ । त्यसैगरी मानिसको बसोबास रहेका कैयौँ क्षेत्रमा दूरसञ्चारका लाइनहरू काटिएकाले सञ्चार सम्पर्क पनि विच्छेद हुन पुगेको छ ।

यसैबीच चिनियाँ राष्ट्रपति सी जिन्पिङले सोमबार गएकोे भूकम्पका पीडित र प्रभावितको उद्धार कार्य चुस्त रुपमा गर्न निर्देशन दिएका छन् ।

उनले यसलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न र भूकम्पका प्रभावितहरुको उद्धार र राहातको काममा कुनै कसर बाँकी नराख्न पनि निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ३ : ४८ बजे

‘लालीबजार’को पोस्टर : गर्भवती स्वस्तिमाले पोते र सिन्दुर नलगाउनुको अर्थ के ?

काठमाडौं – हिट श्रृङ्खला ‘जात्रा’ निर्माण गरेको ब्यानर षट्कोण आर्टस्को

विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सतर्क रहन मुख्यमन्त्री शाहको निर्देशन 

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रमुख तथा

गृहमन्त्रीलाई स्वर्णिमको प्रश्न- आरोपीले नै अनुसन्धान अधिकृत छान्ने हो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले

एमाले सचिवालय बैठक बुधबार बस्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बुधबारका लागि डाकिएको

ओभरपासले ग्वार्कोमा सहज, कोटेश्वर-जडिबुटीमा उस्तै चाप (तस्बिरहरू)

काठमाडौं– ललितपुरको ग्वार्कोमा ओभरपास सञ्चालनमा आएसँगै त्यहाँ दैनिक रूपमा जाम