बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् :

१. सबै नागरिकलाई साक्षर बनाउनु आजको मुख्य दायित्व : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व भएको बताएका छन् । ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले अन्तर्राष्ट्रियस्तरमा गरेको शिक्षासम्बन्धी लक्ष्यलाई हासिल गर्न साक्षर नेपाल अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने उल्लेख गरेका छन् । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष सेप्टेम्बर ८ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाइँदै आइएको छ ।

२. राष्ट्रियसभामा रिक्त चार समितिले आज सभापति पाउने  
राष्ट्रिय सभाका रिक्त रहेका चार वटा विषयगत समितिले आज सभापति पाउने भएका छन् । चार वटा समितिको सभापतिमा चारै जनाको मात्रै उम्मेदवारी परेका कारण उनीहरु निर्विरोध निर्वाचित हुने भएका छन् । आज दिउँसो १ बजे बस्ने समितिको बैठकमा प्रस्तावकले प्रस्तुत र समर्थकले समर्थन गरेसँगै सभापति चुनिनेछन् । दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती) को उम्मेदवारी परेको संसद् सचिवालयले जनाएको छ ।

३. गठबन्धन कार्यदलको बैठक जारी
सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुंगो लगाउन बनेको कार्यदलको बैठक आज पनि बस्दै छ । कार्यदलले आफ्नो प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने तयारी छ । आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्ने जनाइएको छ । कार्यदलले हिजोबाटै प्रतिवेदन लेख्न थालेको जनाएको छ । प्रतिवेदनलाई अन्तिम रूप दिएर आजै शीर्ष नेताहरूलाई बुझाइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। शीर्ष नेतालाई प्रतिवेदन बुझाएपछि संख्या सार्वजनिक गरिने पनि कार्कीले जानकारी दिए । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

४.  १ लाख २३ हजारले अझै बुझाएनन् चुनावी खर्च
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेर खर्च विवरण नबुझाएकालाई ७ दिन भित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । आयोगले आज सूचना जारी गर्दै कानुनले तोकेको ३० भित्र विवरण नबुझाएकाहरूलाई ७ दिन भित्र सफाइसहितको स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । नगर कार्यपालिका, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिको चुनावमा उम्मेदवार बनी खर्च विवरण बुझाएकाहरूका नाम हिजो आयोगले सार्वजनिक गरेको थियो । जसअनुसार १ लाख २३ हजार भन्दा बढीले खर्च विवरण बुझाएका छैनन् ।

५. नक्सा पास नभएका भवनको नक्सा ९० दिनभित्र पेस गर्न निर्देशन
काठमाडौँ महानगरपालिकाले नक्सा पास नगरी बनाइएका व्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायका भवनको नक्सा ९० दिनभित्र पेस गर्न आग्रह गरेको छ । महानगरपालिकाले मापदण्ड अनुसार बनेका तर, नक्सा पास नभएका संरचनाको नक्सा ९० दिनभित्र पेस गरी स्वीकृत/नियमित गर्न आग्रह गरेको हो ।

६. २ दिने पूर्वाधार सम्मेलन सुरु
नेपाल उद्योग परिसंघको आयोजनामा आजदेखि २ दिने पूर्वाधार सम्मेलन सुरु हुँदै छ । परिसंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको संयुक्त आयोजनामा पूर्वाधार सम्मेलनको आयोजना गर्न लागेको हो । परिसंघले दिगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने विश्वासका साथ सरकारसँगको साझेदारीमा सन् २०१४ देखि नेपाल पूर्वाधार सम्मेलन गर्दै आएको छ । नेपाल पूर्वाधार सम्मेलनमा यातायात, उर्जा, शहरी विकास, खानेपानी तथा सरसफाइलगायत पूर्वाधार विकासका प्रमुख समस्याहरू पहिचान गर्ने मुख्य लक्ष्य रहेको छ ।

७. डेंगु नियन्त्रणका लागि चार योजना सार्वजनिक
डेंगु नियन्त्रणका लागि सरकारले विभिन्न ४ योजना अघि सारेको छ । मुख्य सचिव  शंकरदास बैरागीको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट डेंगु रोकथाम र नियन्त्रणका लागि पहल गर्ने र त्यसको समन्वय र सहजीकरण  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने निर्णय गरेको छ । त्यस्तै, डेंगु रोग सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाउन सचेतनामूलक तथा सूचनामूलक श्रव्य तथा श्रव्य–दृश्य सामाग्री  विभिन्न माध्यमबाट प्रचार प्रसार गर्ने निर्णय गरेको छ ।

८. मुगु पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
कर्णाली प्रदेशको मुगुलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’नाराका साथ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सचिव एवं स्वास्थ्य कार्यालयका प्रमुख उमेश गौतमले बताए ।

९.रुसी ग्यासको मूल्यमा सीमा तोक्न प्रस्ताव
युरोपेली युनियन (ईयु) ले रुसबाट आयत हुने ग्यासको मूल्यमा सीमा तोक्न प्रस्ताव गरेको छ । रुसले ग्यास आपूर्ति कटौती गरेपछि आकाशिएको ग्यासको मूल्य नियन्त्रण गर्न इयुले मूल्यको सीमा तोक्न प्रस्ताव गरेको हो । साथै थर्मल प्लान्टबाट सञ्चालित उर्जा उत्पादन कम्पनीको बिजुलीको भाउमा पनि सीमा तोक्नुपर्ने प्रस्ताव गरिएको छ । रुसले भने मूल्यको सीमा तोक्ने निर्णय भए युरोपमा ग्यास आपूर्ति पूर्ण रुपमा बन्द गर्ने चेतावनी दिएको छ ।

१०. भलिबल संघको अध्यक्षमा चन्द विजयी
नेपाल भलिबल संघको केन्द्रिय अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् । आज बिहान सार्वजनिक निर्वाचनको नतिजा अनुसार निरोज मास्केलाई २६ मतले पराजित गर्दै चन्द संघको नयाँ अध्यक्षमा निर्वाचित भएका हुन् । संघको चार वर्षे नयाँ नेतृत्वका लागि उपाध्यक्ष मास्के र महासचिव चन्द चुनावी प्रतिस्पर्धामा थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  १० : ०७ बजे

प्रधानमन्त्री ओलीद्वारा ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’ मा श्रद्धाञ्जली व्यक्त

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको

राष्ट्रिय एकता प्रवर्द्धनमा खेल क्षेत्रको भूमिका महत्त्वपूर्ण : प्रचण्ड

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय

काठमाडौं – अर्थ मन्त्रालयले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयलाई

सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा

वीरगञ्ज – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण

स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेट, केके भए कुराकानी ?

काठमाडौं । इन्डोनेसियाको भ्रमणमा रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल