गायक शिव परियारको आह्वान – ‘बलात्कारलाई व्यवसाय बनाउनेको भण्डाफोर गरौँ’ « Khabarhub

गायक शिव परियारको आह्वान – ‘बलात्कारलाई व्यवसाय बनाउनेको भण्डाफोर गरौँ’


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चर्चित गायक शिव परियारले नेपालमा मौलाएको बलात्कारलाई व्यवसाय बनाउनेहरूको भण्डाफोर गर्न जरुरी रहेको बताएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि एक १७ वर्षीया बालिकाले बलात्कारको आरोप लगाउँदै मंगलबार प्रहरीकोमा उजुरी दिएको घटनाप्रति लक्षित गर्दै गायक परियाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका हुन् ।

‘नेपाल सरकार, यो पेशेवर पीडित भनौंदाहरुलाई पनि व्यवस्थित गरी कारबाही गर्ने कुनै कानुनको धारा होला नि ? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिद्ध्याउने खेल हुँदैछ यहाँ ? यो गिरोहको उपचार तत्काल नगर्ने हो भने बलात्कारीहरुको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने देखियो, कृपया अनुसन्धान होस्,’ गायक परियारले फेसबुकमा लेखेका छन् ।

अहिलेकै अवस्था रहे प्रधानमन्त्री, मेयर, कलाकार, संस्कृतविद्, वैज्ञानिक, किसान, शिक्षाविद्, खेलाडी, समाजसेवी सबैमाथि बलात्कारको आरोप लाग्ने र नेपाल बलात्कारीको देश भनेर विश्व मानचित्रमा दर्ज हुने खतरा उनले ‍‍‍‍‍‌औँल्याएका छन् ।

‘यी बलात्कारी गिरोहको पर्दाफास र सन्निकट हुन जरुरी देख्दछु म । कृपया यति बेला सबै वर्ग, सम्प्रदाय, जात, धर्म र नेपालीहरुले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी देख्दछु । अनुसन्धानबाट नियतवश बलात्कारी नै हो भने कानुनतः छुट नहोस् तर देशका सबै आइकनलाई सिद्ध्याउने नियत सहितको अवस्था हो भने नेपाल सरकार, नेपाल प्रहरी र अदालत सबै निकाय यस विषयमा संवेदनशील हुनु पर्ने अवस्था देख्दछु,’ उनले भनेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ११ : ५३ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम