विद्यार्थी लक्षित चेकिङमा १२ सय ४१ जना विद्यार्थी चालकमाथि कारबाही  « Khabarhub

विद्यार्थी लक्षित चेकिङमा १२ सय ४१ जना विद्यार्थी चालकमाथि कारबाही 


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङमा हालसम्म १२ सय ४१ जना विद्यार्थी कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यकामा गत साउन ३० गतेबाट सुरु भएको अभियान अन्तर्गत हालसम्म उक्त संख्यामा विद्यार्थी चालकलाई कारबाही गरिएको हो । स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आज बिहान मात्र ३९ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १७ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १० जना, तीव्र गतिमा  जिगज्याग चलाउने ८ जना, नम्बर प्लेट दुरुस्त नभएका २ जना र तीन जना सवार २ जना गरी ३९ जना विद्यार्थी चालकलाई कारबाही गरिएको हो ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  १२ : २३ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र