बैंकिङ कसूर मुद्दाका फरार दुई जना पक्राउ  | Khabarhub Khabarhub

बैंकिङ कसूर मुद्दाका फरार दुई जना पक्राउ 


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकिङ कसूर मुद्दाका फरार दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने २९ वर्षीय पुरूषोतम अधिकारी र चन्द्रागिरी नगरपालिका-८ गौंथलिचोक बस्ने २७ वर्षीय नवीन केसी छन् । उनीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पुरूषोतमलाई काठमाडौं गोंगबुबाटनबिनलाई काठमाडौं महानगरपालिका-११ थापाथलीबाट पक्राउ गरेको हो । 

पुरूषोतम बैंकिङ कसूर मुद्दामा ४० लाख रुपैयाँ बिगो ठहर भई फरार रहेका थिए । नवीन बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ जेठ २४ गतेको फैसलाले ५ दिन कैद, ५ लाख २५ हजार जरिवाना र २१ हजार रुपैयाँ क्षतिपुर्ती ठहर भई फरार रहेका  थिए । 

पुरूषोतमलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ भने नवीनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल ललितपुरमा पठाइएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  १२ : ५१ बजे

रास्वपाले अघि सार्‍यो तीनबुँदे तात्कालिक प्रस्ताव

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशको वर्तमान राजनीतिक संकट

नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ

काठमाडौं– ललितपुरको नख्खु जेलबाट भागेका चर्चित अपराधी एवम् पूर्वराज्यमन्त्री सञ्जय

अन्तरिम सरकारमा सामेल हुनेबारे कुनै निर्णय भएको छैन : डीपी अर्याल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले आफूहरू अन्तरिम

जेनजी आन्दोलनमा निधन भएकाहरुको सम्झनामा दीप प्रज्जवलन

काठमाडौं- सोमबार जेनजीको आन्दोलनका क्रममा निधन भएकाहरुको सम्झनामा दीप प्रज्जवलन

भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी युवाले उठाएको आवाजप्रति पूर्ण समर्थन छ : नेता डा. कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचार र बेथितिविरुद्ध