चार जना मृत अवस्थामा फेला  « Khabarhub

 चार जना मृत अवस्थामा फेला 


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्लाही, मोरङ, सोलुखुम्बु र काठमाडौँमा चार जना मृत अवस्थामा फेला परेका छन् । 

सर्लाहीको बरहथवा नगरपालिका-७ टाडीस्थित सोती खोलाको नहरमा धनकौल गाउँपालका-७ छोटल बैरिया बस्ने १५ वर्षीय शिवजी यादव बुधबार मृत अवस्थामा फेला परेका छन् । 

उक्त नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । मोरङको रंगेली नगरपालिका-१ जमुवाडिपो बस्ने ७५ वर्षीया कृष्णमाया बस्नेत आफ्नै माछा पोखरीमा बुधबार मृत अवस्थामा फेला परेकी छन् । 

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-२ स्थित सोलु खोलामा हाल पहिचान नखुलेकी महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् । 

काठमाडौंको नागार्जुन नगरपालिका-३ हलचोकस्थित हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । 

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  २ : १२ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र