काभ्रेमा डेङ्गु सङ्क्रमण तीव्र « Khabarhub

काभ्रेमा डेङ्गु सङ्क्रमण तीव्र


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- जिल्लामा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको  छ । चार दिनअघि ४२ सङ्क्रमित रहेको काभ्रेमा दोब्बर अर्थात् ८० जनामा सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

गत असार दोस्रो साता पाँचखाल नगरपालिकामा पहिलो पटक देखिएको डेङ्गुको सङ्क्रमण हाल ११ स्थानीय तहका ४० जनामा पुष्टि भैसकेको हो । “चार दिनको अवधिमा शतप्रतिशत सङ्क्रमित बढेका छन्, यो गति केही हप्ता रहन सक्छ”, कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाईंले भने । उनका अनुसार सङ्क्रमितमध्ये महिला र पुरुषको सङ्ख्या बराबर नै छ । खानीखोला र महाभारत गाउँपालिकामा भने हालसम्म सङ्क्रमण देखिएको छैन ।

समयमै उपचार पाउने सङ्क्रमितलाई करिब पाँचदेखि सात दिनपछि निको हुने दर पनि बढिरहेकाले जिल्लाका ११ स्थानीय तहमा सङक्रमण तीव्र रूपमा बढेको घटनाक्रमले देखाएको  कार्यालय प्रमुख डा सेढाईंले बताए। उनले भने “वर्षा भइरहेकाले लामखुट्टे अझै रहन्छ, यसकारण स्थानीय स्तरमा विशेष सावधानी अपनाउन सचेतना गराइएको छ ।” उनका अनुसार सङ्क्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

कार्यालयले स्थानीय तहका स्वास्थ्य शाखामार्फत सम्भावित क्षेत्रमा रोगको स्रोतको ‘सर्च एण्ड डिस्ट्रोय’ गर्ने अभियानमा रहेको जनाएको छ । यसैक्रममा सबै स्थानीय तहले ‘सर्च एण्ड डिस्ट्रोय’ अभियानलाई निरन्तरता दिइरहेको उनले जानकारी दिए । अभियानमा स्थानीयस्तरका विद्यार्थीलाईसमेत परिचालन गरिएको जनाइएको छ ।

अधिक सङ्क्रमित भएको स्थान तथा नयाँ स्थानमा प्रयोगशालाद्वारा नै परीक्षण गर्दै आइएको छ । डेङ्गु रोग विरुद्धको खोप नभएका कारण ‘सर्च एण्ड डिस्ट्रोय’नै प्रमुख उपाय रहेको डा सेढाईंले बताए। उनका अनुसार काभ्रे हाल डेङ्गु रोगको निकै जोखिमयुक्त जिल्ला हो । यसकारण डेङ्गुको सङ्क्रमणले महामारीको रुप नलियोस् भन्ने उद्देश्यले स्थानीयस्तरका ‘र्यापिड टिम’ले अनुगमन तथा सम्भावित परीक्षण गरिरहेका हुन् ।

तीन वर्षपछि पाँचखालमा पहिलो डेङ्गुको सङ्क्रमण देखिए लगत्तै यसका लक्षण तथा बच्ने उपायबारे प्रचारप्रसारसँगै स्वास्थ्यकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको थियो । जिल्लामा यसअघि विसं २०७६ भदौमा छ जनामा डेङ्गु संक्रमण देखिएको थियो ।

लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने व्यक्तिलाई एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्ने गरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा बिमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथवा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जमेको दाग देखा पर्नु तथा बेहास हुने लक्षण देखिन्छ । समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुने गर्दछ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ४ : १४ बजे

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ घाइते

एजेन्सी– इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक आपसमा

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन राख्न सिफारिस

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन आह्वानका सिफारिस गरिएको

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि वन्यजन्तुलाई समस्या

ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु

मध्यविन्दु– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिका–७ हरियाली जङ्गल

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

काठमाडौं– सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे पनि