बेलायती महारानी एलिजावेथ अस्वस्थ, सुस्वास्थ्यको कामना गर्न दरबारअगाडि भिड जम्मा | Khabarhub Khabarhub

बेलायती महारानी एलिजावेथ अस्वस्थ, सुस्वास्थ्यको कामना गर्न दरबारअगाडि भिड जम्मा


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायती महारानी एलिजावेथ द्वितीय अस्वस्थ भएकी छिन् । स्कटल्याण्ड भ्रमणका क्रममा बालमोरल दरबारमा रहेकी एलिजावेथ अस्वस्थ भएको बेलायती राजदरबारले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘आज बिहान थप मूल्यांकनपछि महारानीका चिकित्सकहरु श्री ५ को स्वस्थ्यप्रति चिन्तित बनेका छन् र चिकित्सकको रोहबरमा रहन सल्लाह दिएका छन् ।’ विज्ञप्तिमा जनाइएको छ, ‘महारानी सहज हुनुहुन्छ र बालमोरल मै हुनुहुन्छ ।’

बेलायती संसदमा ऊर्जाबारे बहस भइरहेका बेला तल्लो सदन हाउस अफ कमन्सका सभामुख लिन्जी होयलले छलफलकै बीचमा सांसदहरुलाई महारानीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए ।

यसअघि हिजो महारानीले प्रिभी काउन्सिलको अनलाइन बैठक रद्द गरेकी थिइन् । त्यसअघि मंगलबार उनलाई चिकित्सकहरुले ‘दिनभर’ आरा मगर्न सल्लाह दिएको बीबीसीले जनाएको छ ।

यता बेलायती चर्चका आर्चबिशपले पनि महारानीलाई सुवास्थ्यको कामना गरेको बीबीसीले जनाएको छ । हाल बालमोरल दरबारअगाडि महारानीको सुस्वास्थ्यको कामना गर्न ठूलो भिड जम्मा भएको जनाइएको छ ।

महारानीलाई भेट्न उनको परिवारका निकटस्थहरु बालमोरल दरबार पुगेको वा त्यसतर्फ प्रस्थान गरेको बीबीसीले जनाएको छ । ९६ वर्षीया महारानीको स्वास्थ्यलाई लिएर पछिल्लो समय चिन्ताहरु उत्पन्न भएको बताइन्छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ७ : ०४ बजे

दुई २६ वर्षिय युवाहरुको आइटी कम्पनीले अष्ट्रेलियामा जित्यो प्रतिष्ठित अवार्ड

अष्ट्रेलिया – अष्ट्रेलियामा दुई युवाहरुले सञ्चालन गरेको आइटी कम्पनी आइटी

सिकार आरक्ष ढोरपाटनमा घोडा सफारी

गलकोट– नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटन उपत्यकामा घोडा

जब विद्यालयमा छात्रा महिनावारी दुखाइबाट छट्पटिन्छन्‌…

काठमाडौँ – किशोरावस्था पुगिसकेपछि महिलाहरूलाई महिनावारी हुनु प्राकृतिक प्रक्रिया हो

झलनाथ खनाललाई भेट्न डल्लु पुगे वामदेव गौतम

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का तेस्रो वरियताका नेता वामदेव गौतम सम्मानित

चीनले समुद्रबाट ‘स्मार्ट ड्रयागन’ रकेट प्रक्षेपण गर्‍यो

एजेनसी – चीनले शनिबार बिहान आफ्नो स्मार्ट ड्र्यागन–३ (एसडी–३) नामक