बेलायती महारानी एलिजावेथ अस्वस्थ, सुस्वास्थ्यको कामना गर्न दरबारअगाडि भिड जम्मा « Khabarhub

बेलायती महारानी एलिजावेथ अस्वस्थ, सुस्वास्थ्यको कामना गर्न दरबारअगाडि भिड जम्मा


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायती महारानी एलिजावेथ द्वितीय अस्वस्थ भएकी छिन् । स्कटल्याण्ड भ्रमणका क्रममा बालमोरल दरबारमा रहेकी एलिजावेथ अस्वस्थ भएको बेलायती राजदरबारले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘आज बिहान थप मूल्यांकनपछि महारानीका चिकित्सकहरु श्री ५ को स्वस्थ्यप्रति चिन्तित बनेका छन् र चिकित्सकको रोहबरमा रहन सल्लाह दिएका छन् ।’ विज्ञप्तिमा जनाइएको छ, ‘महारानी सहज हुनुहुन्छ र बालमोरल मै हुनुहुन्छ ।’

बेलायती संसदमा ऊर्जाबारे बहस भइरहेका बेला तल्लो सदन हाउस अफ कमन्सका सभामुख लिन्जी होयलले छलफलकै बीचमा सांसदहरुलाई महारानीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए ।

यसअघि हिजो महारानीले प्रिभी काउन्सिलको अनलाइन बैठक रद्द गरेकी थिइन् । त्यसअघि मंगलबार उनलाई चिकित्सकहरुले ‘दिनभर’ आरा मगर्न सल्लाह दिएको बीबीसीले जनाएको छ ।

यता बेलायती चर्चका आर्चबिशपले पनि महारानीलाई सुवास्थ्यको कामना गरेको बीबीसीले जनाएको छ । हाल बालमोरल दरबारअगाडि महारानीको सुस्वास्थ्यको कामना गर्न ठूलो भिड जम्मा भएको जनाइएको छ ।

महारानीलाई भेट्न उनको परिवारका निकटस्थहरु बालमोरल दरबार पुगेको वा त्यसतर्फ प्रस्थान गरेको बीबीसीले जनाएको छ । ९६ वर्षीया महारानीको स्वास्थ्यलाई लिएर पछिल्लो समय चिन्ताहरु उत्पन्न भएको बताइन्छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ७ : ०४ बजे

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा

राष्ट्रियसभा : शोक प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले