कंकाली माविमा व्यक्तित्व विकास प्रशिक्षण « Khabarhub

कंकाली माविमा व्यक्तित्व विकास प्रशिक्षण


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ – काठमाण्डौको कंकाली माध्यामिक विद्यालयमा मेरो जीवन–अब आरम्भ हुन्छ, किशोर किशोरीहरूका निमित्त ज्ञान र सीप विषयक एक दिने छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

चन्द्रागिरी नगर पालिका वडा नं १३ स्थित उक्त विद्यालयमा सञ्चालित कार्यक्रम आत्मशक्ति वृद्धि गर्ने, असल सम्बन्ध बनाउने, छिटोछरितो निर्णय लिने, स्वस्थ जीवनपद्धतिमा बाँच्ने र नकारात्मक विचारका समकक्षीहरूको दबाबलाई कसरी सामना गर्ने भन्ने जस्ता विषयहरुमा छलफल गरिएको थियो ।

छलफलको क्रममा सहभागी विद्यार्थिहरुले किशोर किशोरीकोे उमेरमा मन अस्थिर र चञ्चल हुने भएकोले साथिहरुको लहलहैमा लागेर युवाहरु सजिलैसँग कुलतमा फसिरहेको बताएका थिए । यस्ता समस्याहरुले समुदायमा विरालरुप लिंदै गएको सहभागीहरुको भनाई थियो ।

आशाका लागी रणनितीहरु नामक बेलायती सस्थाले अंग्रेजीमा तयार पारेको मेरो जीवन–अब आरम्भ हुन्छ, किशोर किशोरीहरूका निमित्त ज्ञान र सीप सम्बन्धी निर्देशिकालाई नेपाली परिवेशमा ल्याएर तयार पारेको सक्रिय शाथ नामक सस्थाले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

उक्त छलफल कार्यक्रममा संस्थाका श्रोत व्यक्तिहरु लिडिया लामा र श्याम सुन्दर बास्कोटाले सहजीकरण गरेका थिए ।

मेरो जिवन अब आरम्भ हुन्छ, किशोर किशोरीहरुको निमित्त ज्ञान र सीप विद्यार्थिीहरुमा केन्द्रीत यस्ता निर्देशीका अत्यन्त प्रभावकारी रहेको र ती पुस्तकको अध्ययन र तालिमबाट धेरै कुरा सिक्ने मौका पाएको तालिमका सहभागी किशोर किशोरीहरूले बताएका छन । सक्रिय शाथ एउटा गैर सरकारी सामाजिक संस्था हो ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ८ : १० बजे

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको