कंकाली माविमा व्यक्तित्व विकास प्रशिक्षण « Khabarhub

कंकाली माविमा व्यक्तित्व विकास प्रशिक्षण


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ – काठमाण्डौको कंकाली माध्यामिक विद्यालयमा मेरो जीवन–अब आरम्भ हुन्छ, किशोर किशोरीहरूका निमित्त ज्ञान र सीप विषयक एक दिने छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

चन्द्रागिरी नगर पालिका वडा नं १३ स्थित उक्त विद्यालयमा सञ्चालित कार्यक्रम आत्मशक्ति वृद्धि गर्ने, असल सम्बन्ध बनाउने, छिटोछरितो निर्णय लिने, स्वस्थ जीवनपद्धतिमा बाँच्ने र नकारात्मक विचारका समकक्षीहरूको दबाबलाई कसरी सामना गर्ने भन्ने जस्ता विषयहरुमा छलफल गरिएको थियो ।

छलफलको क्रममा सहभागी विद्यार्थिहरुले किशोर किशोरीकोे उमेरमा मन अस्थिर र चञ्चल हुने भएकोले साथिहरुको लहलहैमा लागेर युवाहरु सजिलैसँग कुलतमा फसिरहेको बताएका थिए । यस्ता समस्याहरुले समुदायमा विरालरुप लिंदै गएको सहभागीहरुको भनाई थियो ।

आशाका लागी रणनितीहरु नामक बेलायती सस्थाले अंग्रेजीमा तयार पारेको मेरो जीवन–अब आरम्भ हुन्छ, किशोर किशोरीहरूका निमित्त ज्ञान र सीप सम्बन्धी निर्देशिकालाई नेपाली परिवेशमा ल्याएर तयार पारेको सक्रिय शाथ नामक सस्थाले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

उक्त छलफल कार्यक्रममा संस्थाका श्रोत व्यक्तिहरु लिडिया लामा र श्याम सुन्दर बास्कोटाले सहजीकरण गरेका थिए ।

मेरो जिवन अब आरम्भ हुन्छ, किशोर किशोरीहरुको निमित्त ज्ञान र सीप विद्यार्थिीहरुमा केन्द्रीत यस्ता निर्देशीका अत्यन्त प्रभावकारी रहेको र ती पुस्तकको अध्ययन र तालिमबाट धेरै कुरा सिक्ने मौका पाएको तालिमका सहभागी किशोर किशोरीहरूले बताएका छन । सक्रिय शाथ एउटा गैर सरकारी सामाजिक संस्था हो ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ८ : १० बजे

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो