लागुऔषधसहित नागढुङ्गाबाट एक जना पक्राउ « Khabarhub

लागुऔषधसहित नागढुङ्गाबाट एक जना पक्राउ


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले लागु औषध ब्राउन सुगरसहित नागढुङ्गाबाट एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पाँचथर फालेलुङ गाँउपालीका वडा नं ५ का २४ वर्षीय राकेश थाम्सुहाङलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

भारतको सिलगुडीबाट काठमाण्डौ आउँदै गरेको डब्लुबी २५ के २९४० नम्बरको यात्रुवाहक बसमा चेकिङ गर्ने क्रममा उनी पक्राउ परेका हुन् । उनका साथबाट ७.९ ग्राम ब्राउन सुगर बरामद गरिएको छ ।

उनीविरुद्ध लागु औषध (नियन्त्रण) ऐन, २०३३ को कसूर मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ९ : १४ बजे

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डको २-० को अग्रता

काठमाडौँ – फिफा विश्वकपको अन्तिम ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियाविरुद्ध

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेर पानी अत्यधिक

२९ सुकुम्वासीले पाए लालपुर्जा, एक लाख १८ हजार डिजिटल अभिलेखमा थपिए

काठमाडौँ- सरकार गठनको भोलिपल्टै १४ चैतमा सार्वजनिक १०० बुँदे कार्यसूचीको

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको