४४ जनामा सिकलसेल संक्रमण पुष्टि « Khabarhub

४४ जनामा सिकलसेल संक्रमण पुष्टि


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेको कोहलपुर नगरपालिकाले सिकलसेलको नमूना परीक्षण सुरु गरेको छ । एक महिनादेखि कोहलपुर नगरपालिकाका १५ वटै वडामा सिकलसेलका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइएको छ ।

आज कोहलपुर–२ मा सिकलसेलको नमूना परीक्षण गरिएको कोहलपुरका स्वास्थ्य शाखाका प्रमुख अनिल सेनले बताए । उनका अनुसार थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी कोहलपुरमा के कति मात्रामा छन् भन्ने विषयमा बुझ्नका लागि गाउँगाउँमा गएर सिकलसेल एनमियाको नमूना परीक्षण र उपचार भइरहेको छ ।

कोहलपुर नगरपालिकाका सिकलसेल स्थानीय स्रोत व्यक्ति शिव गौतमले कोहलपुरमा २२ हजारभन्दा बढीको सङ्ख्यामा थारु समुदाय रहेको बताए । ‘कोहलपुरमा १० हजार नमूना परीक्षण गरिसक्यौँ’, उनले भने, ‘तीमध्ये ४४ जनामा सिकलसेल, २० जनामा विटाथालेसेसिया र आठ सय ३१ जनामा बहाक रोग देखिएको छ ।’

वडाध्यक्ष हरि कठायतले विभिन्न स्वास्थ्य शिविर सञ्चालन गरी घरघरमा नै सेवा प्रवाह गर्नेतर्फ वडा कार्यालय लागेको जानकारी दिए ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  १० : ३२ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी