शैक्षिक संस्थामा तालाबन्दी गर्ने कार्य अपराध हो : शिक्षामन्त्री पौडेल « Khabarhub

शैक्षिक संस्थामा तालाबन्दी गर्ने कार्य अपराध हो : शिक्षामन्त्री पौडेल


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षामन्त्री देवेन्द्र पौडेलले शैक्षिक संस्थामा तालाबन्दी गर्ने कार्य अपराध भएकाले यस्तो कार्यलाई सदाका लागि बन्द गर्नुपर्ने बताएका छन् ।

५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिहीबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले शैक्षिक क्षेत्र जस्तो पवित्र स्थलमा तालाबन्दी गर्ने काम अपराध भएकाले यस्तो प्रवृतिलाई सदाका लागि अन्त्य गर्नुपर्ने बताएका हुन् ।

उनले आफ्ना मागहरुका बारेमा सम्वादबाटै सहमति र निकास खोज्न आह्वान पनि गरे । युनेस्कोले सन् १९६७ देखि हरेक वर्ष आठ सेप्टेम्बरका दिन विश्वभर अन्तराष्ट्रिय साक्षरता दिवस मनाउन थालिएको हो । नेपाल सरकारले सबै निरक्षर नागरिकलाई साक्षर बनाउने उद्देश्य राखेको भए पनि चुनौती देखिएको छ ।
साक्षर नेपाल कार्यक्रम अन्तर्गत अहिलेसम्म ६१ जिल्ला साक्षर घोषणा भएका छन् । अझै १६ वटा जिल्ला साक्षर घोषणा हुन बाँकी रहेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  १० : ४३ बजे

बस्ती भत्काएको चार दिनपछि सरकारले निकाल्यो सुकुम्वासी विद्यार्थीलाई सहयोग गर्ने सूचना

काठमाडौं- कक्षा १२ को वार्षिक परीक्षा सुरू भएको दुई दिनपछि

वैशाखमै महाधिवेशन गर्ने देउवा समूहको तयारी, मीन विश्वकर्माले भने : गगनसँग संवाद नै हुन सकेन

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको विशेष

खड्काले बोलाएको बैठकमा गएनन् डा. शेखर र उनीनिकट नेताहरू

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंगलबार धुम्बाराहीमा

संयुक्त विद्यार्थी आन्दोलनले त्रिवि परिसरमा गर्‍यो मार्चपास (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी आन्दोलनले विभिन्न राजनीतिक दलसँग सम्बद्ध विद्यार्थी संगठनहरूमाथि